शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • शिक्षा
  • खुला बिस्वबिध्यालयका प्राध्यापक र कर्मचारी खटिए सात ओटै प्रदेशमा

खुला बिस्वबिध्यालयका प्राध्यापक र कर्मचारी खटिए सात ओटै प्रदेशमा

  • शुक्रबार, चैत्र ६, २०७७
खुला बिस्वबिध्यालयका प्राध्यापक र कर्मचारी खटिए सात ओटै प्रदेशमा

बाजुरा — शिक्षालाइ सरल र सहज बनाउनको लागि खुला तथा दुर शिक्षाका माध्यमबाट नेपाल खुला बिस्वबिध्यालयले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइहेको छ/ छोटो समयमै राम्रो प्रगति गर्न सफल खुला बिस्वबिध्यालयले आफ्ना कार्यक्रमहरुलाई अझ थप प्रभावकारी, शसक्त र अधिक गुणस्तरिय बनाउन बिस्वबिध्यालयका प्राध्यापक र कर्मचारीहरुलाइ यहि चैत ४ गते देखि सातओटै प्रदेशमा खटाउने भएको छ/

बिस्वबिध्यालयका अंग्रेजी सिक्षाका उप-प्राध्यापक खेमराज जोशीले जानकारी दिए अनुसार ‘हरेक घरमा सिक्षा, हरेक नागरिक सिक्षित: समृद्ध नेपालका लागि सिक्षामा विकेन्द्रीकरण’ भन्ने नाराकासाथ उक्त बिस्वबिध्यालयले बरिष्ठ प्राद्यापकहरुको नेतृत्वमा आफ्ना प्राध्यापक र कर्मचारीहरुलाई सबैमा जानकारी गराउने उदेश्यले उहाहरुलाई खटाएको छ/

सबैको सिक्षामा पहुँच गराउने उदेश्यले देशका हरेक प्रदेशहरुमा अभिमुखीकरण कार्यक्रम गरिन लागेको कुरा जोशीले जानकारी दिनुभयो/ यसका लागि प्रदेस १ मा प्रा खगेन्द्र प्रसाईको नेतृत्वमा, प्रदेस २ मा समाजशास्त्र तथा सिक्षाशास्त्र संकायका डीन प्रा रामचन्द्र पौडेलको नेतृत्वमा, प्रदेस ३ मा उप-प्रा कर्ण रानाको नेतृत्वमा, प्रदेस ४ मा सह-प्रा जिबन खड्काको नेतृत्वमा, प्रदेस ५ मा उप-प्रा रुमा मानन्धर र जिबन खनालको नेतृत्वमा टोलि खटाउन लागेको हो भने प्रदेस ६ र ७ मा चाही उप-प्रा खेम राज जोशी र सहायक प्रा-प्रकाश पौडेल को नेतृत्वमा आफ्नो टोलीलाई खटाउने भएको हो/

हाल उक्त बिस्वबिध्यालयले तिन ओटा संकाय (समाजशास्त्र तथा सिक्षा, ब्यबस्थापन र कानुन, बिज्ञान, स्वास्थ्य र प्रबिधि) अन्तर्गतका स्नातक, स्नातकोत्तर र एम फिल तहका विभिन्न कार्यक्रम हरु संचालन गर्दै आएको छ/ साथै नया कार्यक्रमहरु थप्ने कार्यलाई पनि अझ थप प्रभावकरी बनाएको छ/ ४ गते बुधबार देखि गरिन लागेको अभिमुखीकरण कार्यक्रमहरु मार्फत सो बिस्वबिध्यालयले खुला तथा दुर शिक्षाका माध्यमबाट कसरी गुणस्तरीय शिक्षा र एक्काइसौ शताप्दीका सिपहरु सिकाउन सकिन्छ भन्ने कुराहरु सबै सामु पुर्याउन खोजेको छ/

चर्चामा

सम्बन्धित समाचार