शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथ गाउँपालिका द्वारा सुनौलो हजार दिनका आमालाइ कुखुराका चल्ला वितरण

जगन्नाथ गाउँपालिका द्वारा सुनौलो हजार दिनका आमालाइ कुखुराका चल्ला वितरण

  • बिहिबार, चैत्र ५, २०७७
जगन्नाथ गाउँपालिका द्वारा सुनौलो हजार दिनका आमालाइ कुखुराका चल्ला वितरण

पशु सेवा शाखा जगन्नाथ गाउँपालिका द्वारा सुनौलो हजार दिनक आमाहरुलाइ कुखुराका चल्ला वितरण गरिएकाे छ । सुनाैला हजार दिनका आमा र बच्चाकाे स्वास्थ्यमा केही सुधार हाेस र आर्थिक बृद्धि हाेस भन्ने उदेस्यका साथ कुखुरा बितरण गरिएकाे जगन्नाथा गाउँपालिका पशु सेवा शाखाका प्रमुख नर बहादुर बुढाले बताएका छन ।

जगन्नाथ गाउँपालिका पशु सेवा शाखाको आर्थिक वर्ष २०७७/०७८ को बार्षिक स्वकृीति कार्यक्रम अनुसार यस जगन्नाथ गाउँपालिका वडा नं.१ देखि वडा नं. ६ सम्मका लक्षित समुहका सुनौलो हजार  दिनका १ सय ८० जना गर्भवती र सुत्केरी महिलाहरूलाइ छनोट गरि कुपोषण हुन नदिनको लागि तथा पोषण मा केहि शुधार ल्याउन भन्ने उद्देश्य का साथ सबै वडाहरूमा कुखुरा बितरण गरिएकाे शाखाले जनाएकाे छ ।  प्रतेक वडाको टोल टोलमै गएर उन्नत जातका कुखुराका चल्ला वितरण गरिएको छ।

सुनाैला हजार दिनका प्रत्यक आमाहरूलाइ ३ वटा कुखुराका चल्ला बितरण गरिएकाे पशु सेवा शाखा प्रमुख बुढाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार