मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • जातिय विभेद विरुद्ध बुढिगङा नगरपालिका ९ ले गर्यो जनचेतना मुलक घरदैलो कार्यक्रम

जातिय विभेद विरुद्ध बुढिगङा नगरपालिका ९ ले गर्यो जनचेतना मुलक घरदैलो कार्यक्रम

  • बिहिबार, चैत्र ५, २०७७
जातिय विभेद विरुद्ध बुढिगङा नगरपालिका ९ ले गर्यो जनचेतना मुलक घरदैलो कार्यक्रम

निराजन सिंह — जातिय विभेद अन्त्य गर्यौ सभ्य समाज को निर्माण गरौ भन्ने मुल नारा का साथ जनचेतना मुलक घरदैलो कार्यक्रम बुढिगंगान नगरपालिका नाै मा सम्पन्न भएकाे छ ।
बुढिगङा नगरपालिका वडा न ९ दलित संजालले आयोजना गरेको कार्यक्रम बुढिगङा नगरपालिका वडा न ९ ले सहयोग गरेको हाे ।  कार्यक्रममा बुढिगङा नगरपालिका वडा न ९ का वडा अध्यक्ष भरत बहादुर थापा बुढिगङा नगर कार्यपालिका सदस्य माया शाह वडा दलित संजालका अध्यक्ष भक्त बहादुर नेपाली महिला सन्जाल अध्यक्ष पसुपती शाह सिंह युवा संजालका उपाध्यक्ष निराजन सिंह बाल संजाल अध्यक्ष नितेस नेपाली सुरक्षाकर्मी मिथ्ठु बहादुर बोहोरा वडा सचिब भमरा कुमारी छेडाल रुध्र चदारा कृष्ण सेराला लगायत ४० जना को टोलि ले वडा न ९ मा जातिय विभेद विरुद्ध र्यालीमा  सहभागी रहेका थिए  । जातिय बिभेद अन्त्य गर्न जनचेतनाका लागि साे र्यालीकाे अायाेजना गरिएकाे जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार