आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • गौमुल गाउँपालिकामा ३ दिने युवा सम्मेलन सम्पन्न

गौमुल गाउँपालिकामा ३ दिने युवा सम्मेलन सम्पन्न

बेरोजगारीकै कारण देखाएर स्थानीय सरकारलाई गाली गर्ने प्रबृति प्रति युवाहरुको आत्मग्लानी

  • बिहिबार, चैत्र ५, २०७७
गौमुल गाउँपालिकामा ३ दिने युवा सम्मेलन सम्पन्न

बाजुरा — गौमुल गाउँपालिकामा ३ दिने युवा सम्मेलन सम्पन्न भएको छ । “म युवा गौमुलको गौरव” भन्ने नाराका साथ गाउँपालिकाको केन्द्र घट्मुनामा ३ दिने युवा सम्मेलन गाउँपालिकाले आयोजना गरेको थियो । सम्मेलनमा ६ वटै वडाका करिव २ सय बढी युवा तथा युवतीहरुको सम्मेलनमा सहभागिता थियो ।
युवाहरुलाई कर्मशील, सिर्जनशील, उर्जावान, असल शीलस्वभाव, भावी योजना बनाउन सक्ने र युवाहरु भित्र रहेको विकासको बाधक भयत्रास र डरलाई हटाउने अपेक्षा सहित सम्मेलनको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले बताए ।
युवाहरु गाउँपालिकाले गरेको सम्मेलनबाट आफ्नो भाग्य भविष्य कोर्ने तथा जीवनलाई सही दिशा तिर लम्काउनेमा विश्वास गाउँपालिकाले लिएको छ । युवाहरु गरिखाने र आफ्नो खुट्टामा उभिन सक्ने गरी सम्मेलनले योगदान पुग्नेमा आफुहरु विश्वस्त रहेको अध्यक्ष हरि बहादुर रोकायाले बताए ।
एसईई भन्दा माथि अध्ययन गर्ने युवाहरुमा रहेको हरेक गलत आनी बानीलाई अन्त्य गरी समृद्धिको संवाह बनाउने धेय अनुसार गाउँपालिकाले युवा सम्मेलन गरेको हो । जीवन संग सम्बन्धित रहेका कुराहरु, गाउँपालिमा रहेका युवाहरुका साझा समस्या र सवालका बिषयमा बृहत छलफल गरी योजना सहित कार्यक्रमको आयोजना गरिएको उपाध्यक्ष सीता थापाले बताइन ।
गाउँपालिकाका युवाहरुको आगामी चाहाना, युवाहरुले के गर्नुेपर्छ र के कुरा गर्नुुहुदैन् भन्ने कुरा सिकाउन, युवाहरुमा काम गर्ने हौसला निमाणर् गरी आगामी आर्थिक बर्षमा गाउँपालिकाको बजेट युवा केन्द्रीत गरी समेट्ने लक्ष्य अनुरुप सम्मेलन सफल भएको सम्मेलनका मुख्य प्रशिक्षक हिम्मतसिंह लेकालीले बताएका छन ।
सम्मेलनले युवाहरुको भावि योजना बनाउन र जीवनको महत्व बुझ्नका लागि टेवा पुगेको विश्वास लेकालीले गर्नुभएको छ । ७ सय ५३ वटा स्थानीय तह मध्ये गौमुल गाउँपालिकाले पहिलो पटक युवा सम्मेलन गरेको बताउँदैं युवाहरु पनि देश विकासको महत्वपूणर् अंङ्गको रुपमा रहेकोले सम्मेलनले आगामी दिनमा युवाहरु सक्षम बन्नेमा आशावादी रहेको लेकालीको भनाई रहेको थियो ।
युवाहरुका साझा गुनाँसा र सवाल गाउँपालिकाले संबोधन गरी जीवनलाई युवाहरुले कसरी अगाडी बढाउदै लैजाने तथा युवाहरुको उत्प्रेरणा जगाउन सम्मेलनले महत्व दिने प्रशिक्षक गणेश रावतले बताएका छन् ।
युवा उमेरमा युवाहरुले संघर्ष गर्नुपर्छ भन्ने मान्यता स्थापित गरी युवाहरुले अराजकता र गलत अभ्यास भन्दा माथि उठेर काम गर्नुपर्छ भन्ने सोँच र चिन्तनको विकास गर्ने गरी सम्मेलन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद भट्टले बताउनुभएको छ ।
सम्मेलन युवाहरुका लागि कोशे ढुङ्गगा सावित हुदैं समृद्धिको यात्रामा अब गौमुल गाउँपालिका अघि बढ्ने अनेरास्ववियु जिल्ला संयोजक तथा युवा राजिव रोकायाले बताएका छन् । सम्मेलनबाट धेरै कुरा सिक्ने अवसर जुरेकाले अब आफुहरु बेरोजगारीकै सिकार भएर नबस्ने युवा कुशुम विकको भनाई रहेको छ ।
बेरोजगारीकै कारण देखाएर आफुहरु सरकारलाई गाली गर्ने प्रबृति प्रति आत्मग्लानी गदैं युवाहरुले अब देश विकास र समृद्धिको सहयात्री बन्ने प्रतिवद्धता समेत गरेका छन् । सरकार संग कुनै योजना बिना नै आफुहरु बेरोजगारीको कारण देखाएर रोजगारी दिनुपर्छ भन्ने माग गलत भएको उनीहरुको साझा भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार