बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • त्रिवेणी
  • किन गरिन् प्रियंकाले विवाह गरेको दुई महिनामै आत्महत्या !

किन गरिन् प्रियंकाले विवाह गरेको दुई महिनामै आत्महत्या !

  • बुधबार, चैत्र ४, २०७७
किन गरिन् प्रियंकाले विवाह गरेको दुई महिनामै आत्महत्या !

बाजुरा– त्रिवेणी नगरपालिका ३ पुर्वुताकि प्रियंका शाही बिबाह गरेको २ महिनामै आत्महत्या गरेकी छन् । गत माघकाे माघी सक्रान्तीको दिनमा पारस शाही सँग बिबाह गरेकी हुन् । स्वामिकार्तिक गाउँपालिका ३ माइती घर भएकी अन्दाजी १८ वर्षकी प्रियंका शाही मंगलबार बिहान ११ बजेतिर आफ्नै सुत्ने कोठामा आत्महत्या गरेको अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बिबाह गरेको दुई महिनामै मृतक शाहीले आत्महत्या गरेपछि उनका श्रिमान पारस शाही अहिले त्रिवेणी प्रहरी चौकीमा प्रहरीको नियन्त्रणमा रहेका बताइएको छ । घटना के कति कारणले घटेको हो सो विषयमा अनुसन्धान भैरहेको पनि प्रहरीले बताएको छ । मृतकको शव पोष्टमार्टमका लागि बुधबार बिहान जिल्ला अस्पताल बाजुरामा ल्याइएको पनि प्रहरीले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार