शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • युवालाई ब्यबासायीक बनाउन गौमुलमा सम्मेलनको आयोजना

युवालाई ब्यबासायीक बनाउन गौमुलमा सम्मेलनको आयोजना

  • मङ्लबार, चैत्र ३, २०७७
युवालाई ब्यबासायीक बनाउन गौमुलमा सम्मेलनको आयोजना

बाजुरा — गौमुल गाउँपालिकामा युवाहरुलाई ब्यबसायीक बनाउन सम्मेलनको आयोजना गरिएको छ । “म युवा गौमुलको गौरव” भन्ने मुल नाराका साथ गाउँपालिकाको केन्द्र घट्मुनामा ३ दिने युवा सम्मेलन गाउँपालिकाले आयोजना गरिएको हो । सम्मेलनमा ६ वटै वडाका करिब २ सय बढी युवाहरुको सहभागिता रहेको छ । युवाहरुलाई कर्मशील, सिर्जनशील, उर्जावान, असलशील स्वभाव, भावी योजना बनाउन सक्ने र युवाहरु भित्र रहेको बृद्धि विकासको बाधक भए त्रास र डरलाई हटाउने अपेक्षासहित सम्मेलनको आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगदिश प्रशाद भट्टले बताएका छन् ।
युवा उमेरमा युवाहरुले संघर्ष गर्नु पर्छ भन्ने मान्यता स्थापित गरी युवाहरुले अराजकता र गलत अभ्यास भन्दामाथि उठेर काम गर्नु पर्छ भन्ने सोँच र चिन्तनको विकास गर्ने गरी सम्मेलन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रसाद भट्टले बताएका छन् ।
एसईई भन्दामाथि अध्ययन गर्ने युवाहरुमा रहेको हरेक गलत आनी-बानीलाई अन्त्य गरी समृद्धि बनाउने उदेश्य अनुसार गाउँपालिकाले युवा सम्मेलन गरेको गौमुल गाउँपालिकाका अध्यक्ष हरी रोकायाले बताए । जीवनसंग सम्बन्धित रहेका कुराहरु, गाउँपालिमा रहेका युवाहरुका साझा समस्याहरुका सवालका बिषयमा बृहत छलफल गर्ने योजनासहित कार्यक्रमको आयोजना गरिएको अध्यक्ष रोकायाले बताए ।
गाउँपालिकाक ायुवाहरुको आगामी चाहाना, युवाहरुले के गर्नुेपर्छ र के कुरा गर्नुुहुदैन् भन्ने कुरा सिकाउन, युवाहरुमा काम गर्ने हौसला निमाणर् गर्ने गरी आगामी आर्थिक बर्षमा गाउँपालिकाको बजेट युवा केन्द्रीत गरी समेट्ने लक्ष्य अनुरुप सम्मेलनको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष रोकायाको भनाई छ ।
युवाहरुले जीवनमा भोेगेका कुरालाई सम्मेलनमा सम्प्रेषण गर्ने र युवाहरुमा भएका कुराहरुलाई गाउँपालिकाले सहज रुपमा सुन्ने गरी गाउँपालिकाले सम्मेलनको आयोजना गरिएको हो । जीवनलाई युवाहरुले कसरी अगाडी बढाउदै लैजान र युवाहरुको उत्प्रेरणा जगाउने सम्मेलनको मर्म रहेको छ ।
३ दिन सम्म संचालन हुने सम्मेलनको प्रशिक्षणककाे रुपमा विज्ञ हिम्मत सिह लेकाली र गणेश रावतले गरिरहेका छन । गाउँपालिकाको सभाहलमा आयोजित सम्मेलनमा विकासमा युवाहरुको सहभागिता भूमिका र ५ बर्षमा गौमुल गाउँपालिकाका युवाहरुको अवस्था सवल सक्षम बनाउने गरी सम्मेलन आयोजना गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार