शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • माओवादी केन्द्रमै फर्किए सांसद विष्ट

माओवादी केन्द्रमै फर्किए सांसद विष्ट

  • सोमवार, चैत्र २, २०७७
माओवादी केन्द्रमै फर्किए सांसद विष्ट

एमाले केन्द्रीय सदस्यमा मनोनित कर्णाली प्रदेशका सांसद ठम्मर विष्ट पुनः माओवादी केन्द्रमै फर्किएका छन् । शनिबार बिहान बसेको माओवादी केन्द्रको स्थायी समितिले एमालेमा लागेका नेताहरूलाई आफ्नो कित्ता प्रष्ट पार्न २४ घण्टे अल्टिमेटम दिएलगत्तै विष्ट माओवादी केन्द्रमा फर्किएका हुन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास पुगेर विष्ट माओवादीमै फर्किएको स्रोतले बतायो । उनी कर्णाली प्रदेश सचिव मायाप्रसाद शर्मासँग प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

विष्टसहित अर्का सांसद धर्मराज रेग्मी पनि एमालेमा प्रवेश गरेका थिए । एमाले प्रवेश गरेका नेताहरुलाई माओवादीले कारबाही गर्ने तयारी गरिरहेको छ । कारवाहीमा परे उनीहरुको सांसद पद समेत खारेज हुनसक्छ । सुर्खेतबाट निर्वाचित विष्ट सशस्त्र युद्धका बटालियन कमाण्डर समेत हुन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको विश्वास पात्रका रुपमा लामो समय काम गरेका विष्ट केही महिनादेखि रुष्ट बनेका थिए ।

मुख्यमन्त्री शाहीलाई हटाउन सक्रिय रहेका एमाले नेता यामलाल कँडेल निकट भएर विष्टले शाहीविरुद्ध हस्ताक्षर पनि गरेका थिए । त्यसपछि मुख्यमन्त्रीसँग उनको दुरी बढेको थियो । हस्ताक्षरपछि विष्ट एमालेका हरेक गतिविधिमा सरिक हुने गरेका थिए । सर्वोच्चको फैसलापछि भने उनी वार–पारको अवस्थामा थिए । यद्यपि, उनलाई नेकपा एमालेले केन्द्रीय सदस्यमा नियुक्त गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार