सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • समाज
  • बाजुरा मुक्तीकोटकी रेली बिकका कुपोषित छोराकाे उपचारका लागि गिरीले गरे आर्थिक सहयोग

बाजुरा मुक्तीकोटकी रेली बिकका कुपोषित छोराकाे उपचारका लागि गिरीले गरे आर्थिक सहयोग

  • आइतवार, चैत्र १, २०७७
बाजुरा मुक्तीकोटकी रेली बिकका कुपोषित छोराकाे उपचारका लागि  गिरीले गरे आर्थिक सहयोग

बाजुरा — बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तीकोटकी रेलि बिकको कुपोषणले ग्रस्थ भएका छोराका लागि आर्थिक सहयोग जुटेको छ । आर्थिक सहयोग जुट्ने क्रममा बाजुरा बुढिनन्दा नगरपालिका वडा न १ डुडिखुच्चा घर भई हाल मलिशियामा काम गर्दै आएका जयलाल गिरीले आर्थिक सहयोग गरेका छन ।
बिकको छोरा निकै कुपोषित भएको समाचार बडिमालिका खवरमा समाचर प्रकाशीत भएपछि उनले मलेशियाबाट बिकको उपचारका लागि राहतस्वरुप सहयोग गरेका छन ।
कोरोनाका कारण समस्यामा परेका भएको भए पनि ति बालकको कथा देखेपछि मनले मानेन आफुले केही दिन खान नपाए पनि ति बालकको उद्धारका लागि सानो सहयोग गरेको गिरीले बताएका छन । कामको शिलशिलामा बिदेश ( मलेशिया) मा मजदुरी गर्दै आएका गिरीले रेलि बिकको छोराको उपचारका लागि भन्दै ५ हजार ३ सय ९७ रुपैयाँ सहयोग गरेका छन । बिगत ८ बर्ष देखी मलिशियामा काम गर्दै आएका उनले यसपछिका अभियानमा पनी सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

चर्चामा

सम्बन्धित समाचार