बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • भलिबल
  • भलिबल प्रतियोगितामा प्रथम टिमलाइ रिप्सन कन्ट्रसनद्धारा सम्मान

भलिबल प्रतियोगितामा प्रथम टिमलाइ रिप्सन कन्ट्रसनद्धारा सम्मान

  • शुक्रबार, फाल्गुन २८, २०७७
भलिबल प्रतियोगितामा प्रथम टिमलाइ रिप्सन कन्ट्रसनद्धारा सम्मान

बाजुरा–नेपाली सेना दिवसको अवसरमा भलिबल प्रतियोगिता प्रथम भएको रोयल स्पोर्टस क्लबलाई रिप्सन कन्ट्रसन सम्मान गरेको छ ।
आयोजक दुर्गा भङ्ज्याग गुल्मलाई पराजित गर्दै रोयलले प्रथम भएको भन्दै र खेलाडीलाई हौसला प्रदान गर्नका लागि रिप्सन कन्ट्रसन सम्मान गरेको कन्ट्रसनका प्रबन्धक सन्तोष सिंहले वताएका छन् । रोयल स्पोर्टस क्लबका खेलाडीलाई खादा सहित सम्मान गरेको टिम क्यापटन बिरेन्द्र शाहले वताएका छन् । साथै रिप्सन कन्ट्रसन खेलाडीको सम्मान स्वरुप भोज कार्यक्रम समेत राखेको थियो ।

No description available.
रिप्सन कन्ट्रसन प्रबन्धक सन्तोष सिंहले भने खेलाडीको सम्मान खेलाडीलाई हसौला सँग खेलमा लाग्न प्रेरित गर्ने भएकाले सम्मान सँग खेलाडीलाइ सहयोग गरेको वताए । सम्मान कार्यक्रममा अभिनास बडुुवाल, सन्तोष शाहि, अर्जून नाथ, दिप्रेन्द्र शाहि, रबिन्द्र शाह, आनन्द गिरी, भाष्कर खत्रि लगायतको सहभागिता रहेको थियो । रिप्सन कन्ट्रसनको सम्मान तथा सहयोगले खेलाडीको मनोबल बढ्नुुका साथै आत्मीयता समेत बढाएको रोयल स्पोर्टस क्लबका मिन बहादुुर शाहिले वताए ।

फाइनल खेलमा ३-२ को कडा प्रतिस्पर्धाका बीच रोयलले सेनालाई हराएर जित हात पार्न सफल भएको छ । खेलमा आयोजक दुर्गा भङ्ज्याग गुल्मको टिम द्धितीय भएको छ । भने केपी बा स्पोटर्स क्लब तृतीय भएको छ ।

No description available.

केपी बा स्पोर्टस क्लबले खप्तड मालिका युवा क्लबलाई ३-० को सोझो सेटमा हराएको थियो । १ टिम सहभागि खेलमा नेपाली सेना केपी बा स्पोर्टस क्लबलाई पराजित गर्दै फाइन पुगेको थियो । भने खप्तड मालिका युवा क्लबलाई पराजित गर्दै रोयल स्पोर्टस क्लब फाइनलमा पुगेका हुन् ।

सेमिफाइनलमा पराजित केपी बा स्पोर्टस क्लब र मालिका युवा क्लबबीच तृतीय स्थानका लागि खेल भएको थियो । बाजुरा क्याम्पसको प्रागणमा आयोजित प्रतियोगितामा विजेता टिमलाई पुरस्कार र प्रमाण पत्र पनि प्रदान गरिएको छ ।

खेलका विजेता टिमलाई क्रमश प्रथम द्धितीय र तृतीयलाई ८ हजार, ५ हजार र ३ हजार पुरस्कार प्रदान गरिएको छ । गुल्मपति सुनिल विष्टको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे रहनु भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार