• होमपेज
  • समाज
  • सुदूरपश्चिमका स्वास्थ्य निर्देशकले भने– म पालिकामा स्थापना हुने अस्पतालमा काम गर्छु

सुदूरपश्चिमका स्वास्थ्य निर्देशकले भने– म पालिकामा स्थापना हुने अस्पतालमा काम गर्छु

  • बिहिबार, फाल्गुन २७, २०७७
सेयर गर्नुहोस् :
सुदूरपश्चिमका स्वास्थ्य निर्देशकले भने– म पालिकामा स्थापना हुने अस्पतालमा काम गर्छु

धनगढी–सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थीले आफूलाई दार्चुलामा चिकित्सकीय सेवा उपलब्ध गराउने व्यवस्था गरिदिन आग्रह गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई निवेदन लेख्दै डा. अवस्थीले दार्चुलाको मालिकार्जुन गाउँपालिकामा अस्पताल निर्माण गर्ने कार्य अघि बढेकाले त्यहाँ गएर आफू सेवा गर्न तयार रहेको बताएका छन्।

‘भविष्यमा उक्त अस्पतालमा आवश्यक पर्ने चिकित्सक लगायत अन्य जनशक्ति व्यवस्थापन गर्न अति जरुरी रहेकाले उक्त पालिकामा स्थापना हुने अस्पतालमा चिकित्सकको रुपमा म जान ईच्छुक भएकाले मलाई पठाउने व्यवस्था मिलाउन अनुरोध छ,’ अवस्थीले सचिवलाई लेखेको अनुरोध पत्रमा उल्लेख गरेका छन्। डा. अवस्थी मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ का स्थानीय पनि हुन्।

चर्चामा

सम्बन्धित समाचार