बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • दुुईदिने प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन

दुुईदिने प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन

  • सोमवार, फाल्गुन २४, २०७७
दुुईदिने प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन

बाजुरा–सदरमुुकाम मार्तडीमा आइडिएस नेपालको आयोजनामा दुुईदिन प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन भएको छ । स्थानिय तहमा कार्यरत सामाजिक परिचालकलाई लक्षित गरि सामाजिक बानि ब्यवहार परिवर्तनको संचार सम्बन्धि दुुईदिन तालिम सचांलन भएको आइडिएस बाजुराका कार्यक्रम संयोजक प्रेम खनालले वताए ।
बिश्व खाद्य कार्यक्रम, बिद्यालय दिवा खाजा कार्यक्रम सञ्चालित बिद्यालय खानेपानी सरसफाई तथा स्वच्छता सुधार र प्रयोगात्मक अभिबृद्धि लागि प्राबिधिक सहयोग कार्यक्रम अन्तर्गत तालिम सचांलन गरिएको हो । तालिम उद्धघाटन कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुुख नरेन्द्र कुुमार रोकाया रहेका थिए । आइडिएस नेपालका प्रकाश कोइराला लगायतको सहभागिता रहेको थियो ।
उद्धघाटन कार्यक्रमको अध्यक्षता जिल्ला शिक्षा समन्वय समिति इकाइ निमित्त प्रमुख रमेश जनालाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन आइडिएस बाजुराका कार्यक्रम संयोजक प्रेम खनालले गरेको थिए । कार्यक्रमका अतिथिले कार्यक्रमको सफलताको शुुभकामना ब्यक्त गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार