बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • कञ्चनपुर प्रहरीले सीमामा भारतीयमाथि गोली किन चलायो ? यस्तो छ कारण

कञ्चनपुर प्रहरीले सीमामा भारतीयमाथि गोली किन चलायो ? यस्तो छ कारण

  • शुक्रबार, फाल्गुन २१, २०७७
कञ्चनपुर प्रहरीले सीमामा भारतीयमाथि गोली किन चलायो ? यस्तो छ कारण

कञ्चनपुरको बेलौरी नगरपालिका ७ स्थित नेपाल–भारत सीमा नजिकै बिहीबार साँझ प्रहरीको गोली लागेर एक भारतीयको मृत्यु भएको छ।गस्तीमा खटिएका बेला तस्कर र प्रहरीबीच भएको दोहोरो भिडन्तका क्रममा भारतको पिलीभितका अन्दाजी २५ वर्षीय गोविन्द सिंह मारिएको प्रहरीले बताएको छ।

तस्करको अखडा मानिदै आएको सो क्षेत्रमा बिहीबार भारतबाट नक्कली नोट छाप्ने मेसिनसहित लागु औषध ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। जब प्रहरी र तस्कर आमनेसामने भए सोही क्रममा मृतकसहित ४ जनाको समूहमा रहेका भनिएका तस्करले सुरुमा नेपाल प्रहरीमाथि हमला गर्यो। तस्करको समूहले गोली नै चलाएपछि नेपाल प्रहरीले पनि जवाफी फायर खोल्नुपरेको दाबी गरेको छ।

‘गस्तीमा खटिएको हाम्रो प्रहरी टोलीलाई देख्ने बितिकै उनीहरुले फायर गरेका हुन्,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले दिनेशखबरसँग भने, ‘जवाफी फायरका क्रममा एकजना भारतीय मारिएका हुन्। अन्य ३ जना भने भाग्न सफल भएका छन्। ’

प्रहरी नायब उपरीक्षक थापाकाअनुसार सीमाबाट सोही समूहले नेपाल भित्र्याउदै गरेका २ वटा नक्कली नोट छाप्ने मेसिन, नोट छाप्न प्रयोग गरिने कागज, ६५ ग्राम ब्राउन सुगर र २४ ग्राम सेतो सुगर पनि बरामद गरिएको छ।

भिडन्तका क्रममा मारिएका युवकलाई प्रहरीले नै उपचारका लागि बेलौरी प्राथमिकता स्वास्थ्य केन्द्र पुगाएको थियो। अहिले मृतकको शव स्वास्थ्य केन्द्रमै राखिएको छ। भारतबाट आफन्त आएपछि आवश्यक कानूनी प्रक्रिया पुगाएर शव बुझाइने प्रहरीले जनाएको छ।

दिनेश खवर बाट

चर्चामा

सम्बन्धित समाचार