बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • सेती प्रादेशिक अस्पतालद्वारा मेरुदण्डको शल्यक्रिया सेवा सुरु

सेती प्रादेशिक अस्पतालद्वारा मेरुदण्डको शल्यक्रिया सेवा सुरु

  • बिहिबार, फाल्गुन २०, २०७७
सेती प्रादेशिक अस्पतालद्वारा मेरुदण्डको शल्यक्रिया सेवा सुरु

धनगढी– सेती प्रादेशिक अस्पतालले मेरुदण्डको शल्यक्रिया सेवा पनि सुरु गरेको छ। धनगढीकै कैलाली अस्पतालमा कार्यरत हाडजोर्नी तथा मेरुदण्ड रोग विशेषज्ञ डा. ज्ञानेन्द्र जोशीलाई करार सेवामा नियुक्त गर्दै अस्पतालले मेरुदण्डको शल्यक्रिया सेवा पनि सुरु गरिएको जनाएको छ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले यसअघि हाडजोर्नीसँगै मेरुदण्डको शल्यक्रिया सेवा पनि दुई हप्ता पहिलेदेखि सुरु गरिएको जानकारी दिए।

उनकाअनुसार विशेषज्ञ डाक्टर जोशीकै नेतृत्वमा शुक्रबार कञ्चनपुरकी ४५ वर्षीया विष्नादेवी साउदको रुखबाट लडेर भाँचिएको घाँटीको हड्डीको सफल शल्यक्रिया गरिएको छ।

डा. जोशीले हिड्न सक्ने अवस्थामा नरहेकी साउदको शल्यक्रियापछि सामान्य अवस्थामा फर्किएको बताए। उनले सेवा सुरु गरेपछि सेती प्रादेशिक अस्पतालले आवश्यक उपकरण थप्ने तयारी समेत गरेको छ। सूचना अधिकारी श्रेष्ठले डाक्टरले माग गरेअनुसारका उपकरण थप्न आवश्यक गृहकार्य भइरहेको बताए।

चर्चामा

सम्बन्धित समाचार