शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथमा गाँउपालिकामा ३७८ जनाले आँशिक रोजगारी पाए

जगन्नाथमा गाँउपालिकामा ३७८ जनाले आँशिक रोजगारी पाए

  • बिहिबार, फाल्गुन १३, २०७७
जगन्नाथमा गाँउपालिकामा ३७८ जनाले आँशिक रोजगारी पाए

बाजुरा —  आर्थिक बर्ष २०७५।२०७६ बाट अति बिपन्न घरधुरीलाई स्थानिय स्तरमा रोजगारी उपलब्ध गराउने उद्धेश्यले नेपाल सरकारको महत्वपुर्ण कार्यक्रमका रुपमा रहेको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक बर्ष २०७५।२०७६ मा वडा नं १ देखि ६ सम्मका १३५ जना र आर्थिक बर्ष २०७६।२०७७ मा १३५ जनाले एक महिनाको रोजगारी प्राप्त गरेका थिए।

जगन्नाथ गाँउपालिकाले आर्थिक बर्ष २०७६।२०७७ मा गाँउपालिका भित्रका बेरोजगार युवाहरुलाई गाँउमै रोजागरी दिने उद्धेश्यले अति बिपन्न घरधुरीलाई एक महिनाको रोजगारी दिनका लागि गाँउपालिकामा अध्यक्ष रोजगार कार्यक्रमको नीति बनाएर छैठौ गाँउसभाले पास गरे पश्चात आ.व.२०७६।२०७७ मा ६ वडाका १८० जनाले ३० दिनको रोजगारी प्राप्त गरेकाे राेजगार संयाेजक लक्ष्मण जाेशीले बताए ।

आर्थिक बर्ष २०७७।२०७८ का प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध हुन चाँहने बेरोजगार युवाहरुका लागि २०७७ श्रावणमा आवेदन मागेको थियो।उक्त सूचनाको आधारमा जगन्नाथ गाँउपालिका बाट १०६३जना प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचिकृत भएका थिए।नेपाल सरकारको नीति अनुसार सूचिकृत बेरोजगार व्यक्तिहरुलाई मात्र काममा लगाउने नीति अनुरुप रोजगार व्यवस्थापन सूचना प्रणालीले निर्धारण गरेको प्राथमिकताका आधारमा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामा १०० जना र प्रधानमन्त्री रोजगार कार्यक्रममा १७९ जना  र अध्यक्ष रोजगार कार्यक्रममा ६० जना छनौट गरि कुल ३३८ जनाले प्रति दिन काम गरेको रु ५१७ का दरले गाँउपालिका बाट १०० दिनको रोजगारी प्राप्त गरेकाछन।उपभोक्तहरुलाई काम गर्न सजिलो होस भनेर योजना किताव तयार गरेर सम्झौता गरिएकोछ ।उक्त कितावमा उपभोक्ताका लागि चाँहिने सम्पुर्ण कागजात राखिएको हुनाले सम्झौता देखि भुक्तानी सम्मका लागि कुनै झन्झट हुनेछैन भने कामदारको ज्याला भुक्तानीका लागि सम्पुर्ण कामदारको परिचय पत्र जारी गरि हिमाललयन बैंकको शाखा कार्यालय जुड्डी मार्फत भुक्तानी गरिने राेजगार संगाेजक जाेशीले बताएका छन।

कामलाई छिटो छरितो र चुस्त दुरुस्त बनाउनका लागि प्रत्येक योजनामा १० देखि १५ जनाको समुह बनाएर काम  संचालन गरिएकोछ ।नेपाल सरकार प्रधानमन्त्री रोजगार कार्यक्रममा कामदारको ज्याला मात्र विनियोजन गरेको र निर्माण सामाग्री खरिदको लागि रकम विनियोजन नगरेका कारण निर्माण गरिने योजनाहरु गुणस्तरिय नहुने भएको हुँदा गाँउपालिकाले औजार,सामाग्री खरिद र ढुवानीका लागि रु ५० लाख विनियोजन गरेरे काम संचालन गरिएकोछ।गाँउपालिकामा अध्यक्ष रोजगार र प्रधानमन्त्री रोजगार कार्यक्रममा काम गरे वापत कामदारले यस बर्ष ज्याला वापत रु एक करोड चौहत्तर लाख चौहत्तर हजार छ सय प्राप्त गर्नेछन। योजनाहरुमा खानेपानी योजना २ वटा,सिचाइ ९ वटा, विद्यालयका घेरबार ९ वटा र बाटो निर्माण ७ वटा गरि कुल २६ वटा भौतिक पुर्वाधारका योजनाहरु निर्माण प्रक्रियामा रहेकाे जाेशीले बताए ।

बिगतमा स्थानिय स्तरमा रोजगारी प्राप्त नभएका कारण भारतका विभिन्न स्थानमा गएर ज्याला मजदुरी गरेर पैंशा कमाउने गरेको र हाल नेपाल सरकार र स्थानिय तहले गाँउघर मै रोजगारी सृजना गरेकोले गाँउघरको विकास हुनुका साथै घर परिवार संगै बसेर आफ्नो घर खर्च चलाउनुका साथै रोजगारीका लागि बिदेश जानुपर्ने अवस्थामा कमि आएकोछ ।

क्र.स. योजना संख्या कामदार संख्या ज्याला वापतको रकम सामाग्री खरिदको रकम कुल जम्मा
अध्यक्ष रोजगार कार्यक्रम ६० ३१,०२,०००।- ५०,००,०००।- 2,24,74,600।-
प्रधानमन्त्री रोजगार कार्यक्रम १४ १७८ ९२,०२,६००।-
युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना १०० ५१,७०,०००।-
कुल जम्मा २६ ३७८ 1,74,74,600।- 50,00,000।- 2,24,74,600।-

चर्चामा

सम्बन्धित समाचार