बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा १ हजार ३ सय ८९ ले लगाए कोरोना विरुद्धको खोप

बाजुरामा १ हजार ३ सय ८९ ले लगाए कोरोना विरुद्धको खोप

  • मङ्लबार, फाल्गुन ११, २०७७
बाजुरामा १ हजार ३ सय ८९ ले लगाए कोरोना विरुद्धको खोप

बाजुरा–बाजुरा जिल्लामा १ हजार ३ सय ८९ जनाले खोप लगाएका छन्। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार बाजुरामा १ हजार ३ सय ८९ जनाले लगाए कोरोना विरुद्धको खोप लगाएकाे वताएकाे छ ।

त्यस्तै प्रदेशभर हालसम्म २३ हजार ४ सय १७ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाएका छन्। पहिलो चरणको पहिलो लक्षित समूह र पहिलो चरणकै दोस्रो लक्षित समूह समेत गरेर १९ हजार १ सय ९५ जना पुरुष र ४ हजार २ सय ७ जना महिलाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयको तथ्यांकअनुसार कैलालीमा सबैभन्दा धेरै ६ हजार ७ सय १० जनाले खोप लगाएका छन्। कञ्चनपुरमा ३ हजार ५ सय ३८, डोटी ३ हजार १६ जना, बैतडी १ हजार ८ सय ४५ जना, बझाङमा १ हजार ७ सय ७७ जनालाई खोप  लगाइएको छ।

यस्तै, अछाममा १ हजार ७ सय ९३, दार्चुलामा १ हजार ७ सय ४६, डडेल्धुरामा १ हजार ६ सय र बाजुरामा १ हजार ३ सय ८९ जनाले खोप लगाएका छन्। पहिलो चरणको अभियान अन्तरगत प्रदेशभर २६ हजार ७ सय ४४ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा हालसम्म ८७ दशमलव ५५ प्रतिशतले खोप पाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार