शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • मार्तडी–कोल्टीकोभाडा निर्धारण, प्रति किलोमिटर एघार रुपैया

मार्तडी–कोल्टीकोभाडा निर्धारण, प्रति किलोमिटर एघार रुपैया

  • सोमवार, फाल्गुन १०, २०७७
मार्तडी–कोल्टीकोभाडा निर्धारण, प्रति किलोमिटर एघार रुपैया

बाजुरा — बाजुरा जिल्लाका ग्रामिण र राजमार्गमा चल्ने यातायताका साधानहरूकाे नयाँ भाडादर कायम गरिएकाे छ । साेमबार जिल्ला प्रहरी कार्यालय बाजुराकाे हलमा प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेका अध्यक्षतामा बसेकाे बैठकले साे निर्णय गरेकाे हाे ।  जिल्लाको मार्तडी–कोल्टी सडकमा संचालन हुने जीप व्यवसायीले मनोमानी रुपमा भाडा लिएको चौतर्फी गुनासो आएपछि जीप व्यवसायीसंगको सर्व पक्षीय छलफल पछि भाडादर निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले  बताएका छन् ।
जीप व्यवसायीहरुले मनोमानी भाडा असुल्ने र यात्रुहरु क्षमता भन्दा बढी लिने गरेकाले सोमबार जिल्ला प्रहरी कार्यालय बाजुरामा व्यवसायीहरुलाई बोलाएर मार्तडी– कोल्टी सडकमा संचालन हुने जीपहरुको भाडा कायम गरिएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए ।
साेमबार बसेकाे बैठकले मार्तडीदेखि कोल्टीको प्रति किलोमिटर एघार रुपैयाका दरले ४७३ रुपैया भाडादर बैठकबाट कायम गरिएको बताएका छन ।
जीप व्यवसायी, बडीमालिका नगरपालिकाका नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, राजनितिक दलका प्रतिनिधी,प्रहरी प्रमुख र पत्रकारहरुको सर्वपक्षीय बैठकले उक्त भाडा निर्धारण गरेको हो । सर्वपक्षीय बैठकले रुट अनुमति नभएका सवारी साधन र सवारी चालक अनुमती पत्र नभएका चालकले सवारी साधन चलाउन नपाउने र चलाएको पाइएमा कानुनी कारबाही गर्ने निर्णय गरिएको छ ।
त्यस्तै जीप व्यवसायीहरुले चलानी पत्र र टिकट अनिवार्य काट्नुपर्ने,तथा जीपमा भाडादर टास्नुपर्ने सो नगरिएमा कानुनी कारबाही गरिने भएको छ ।
यस्तै जथाभावी रुपमा सवारी साधन पार्किङ्ग गर्न नपाइने, दुनीहाट बजारका हकमा साँझ ७ बजे र विहान १० बजेसम्म मात्र सामान लोड अनलोड गर्ने सो नगरिएमा कानुनी कारबाही गर्ने निर्णय गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुरामा सोमबार बसेको सर्वपक्षी बैठकमा गरिएको मार्तडी कोल्टी सडममा संचालन हुने जीपको भाडा प्रतिकिलोमिटर ११ रुपैयाका दरले ४७३ भाडादरमा व्यवसायीहरुले असहमती जनाएका छन् । व्यवसायीहरुले मार्तडीदेखि कोल्टीसम्मको ८०० रुपैया भाडा बनाई दिन माग गरेपनि सर्वपक्षीय बैठकले ४७३ रुपैया भाडादर कायम गरेपछि असन्तुष्टी जनाएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार