शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • प्रचण्ड-नेपाल पक्षको नेकपा बाजुराको अध्यक्षमा रावल चयन

प्रचण्ड-नेपाल पक्षको नेकपा बाजुराको अध्यक्षमा रावल चयन

  • सोमवार, फाल्गुन १०, २०७७
प्रचण्ड-नेपाल पक्षको नेकपा बाजुराको अध्यक्षमा रावल चयन

बाजुरा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको बाजुरा जिल्ला कमिटीको अध्यक्षमा गगन रावललाई चयन गरेको छ । प्रचण्ड-नेपाल पक्षको माघ १ र २ गते बसेको स्थायी कमिटिको बैठकको निर्णय अनुसार बाजुरा जिल्लाको अध्यक्षमा गगन रावललाई र सचिवमा रमेश विकलाई चयन गरेको हो।

प्रचण्ड-नेपाल पक्षका ६८ जिल्लामा नयाँ नेतृत्व चयन गरेसंगै बाजुरा जिल्ला कमिटिको अध्यक्षमा रावल र सचिवमा विकलाई चयन गरिएको हो । उक्त पक्षको माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकको निणर्य अनुसार ६८ जिल्लाहरूका अध्यक्ष र सचिवको टुंगो लगाएको हो । जसमा पुष्पकमल दाहाल समूहले ३५ जिल्ला र माधवकुमार नेपाल समूहले ३३ जिल्लामा नेतृत्व लिएका छन् ।

यसअघि प्रचण्ड-नेपाल पक्षले ९ बुँदे मापदण्ड बनाएर बराबर हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको सिफारिसमा पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई खेमामा विभाजन भएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार