शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • प्रचण्ड-नेपाल पक्षले ६८ जिल्लामा छान्यो अध्यक्ष र सचिव, को कहाँ ?

प्रचण्ड-नेपाल पक्षले ६८ जिल्लामा छान्यो अध्यक्ष र सचिव, को कहाँ ?

  • सोमवार, फाल्गुन १०, २०७७
प्रचण्ड-नेपाल पक्षले ६८ जिल्लामा छान्यो अध्यक्ष र सचिव, को कहाँ ?

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले ६८ जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ। उक्त पक्षको माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार जिल्लाहरूका अध्यक्ष र सचिव टुंगो लगाएको हो।

जसमा पुष्‍पकमल दाहाल समूहले ३५ जिल्ला र माधवकुमार नेपाल समूहले ३३ जिल्लामा नेतृत्व लिएका छन् । यसअघि प्रचण्ड-नेपाल पक्षले ९ बुँदे मापदण्ड बनाएर बराबर हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको सिफारिसमा पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई खेमा भएको छ। एक समूहको नेतृत्व केपी ओलीले गरेका छन् भने अर्को पक्षको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन्।

No description available.

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार