बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • मार्तडी कोल्टी सडक खण्ड सम्झौता भएको ९ महिना सम्म काम शुुरु भएन

मार्तडी कोल्टी सडक खण्ड सम्झौता भएको ९ महिना सम्म काम शुुरु भएन

एउटा डोजर लगाएर काम शुुरु गरेको ठेकेदारको बाहाना

  • आइतवार, फाल्गुन ९, २०७७
मार्तडी कोल्टी सडक खण्ड सम्झौता भएको ९ महिना सम्म काम शुुरु भएन

बाजुरा —  सम्झौता भएको ९ महिना सम्म पनि मार्तडी कोल्टि सडक खण्ड काम शुुरु भएको छैन् । मार्तडी कोल्टि सडक खण्डको ढम्कने देखी कोल्टि सम्मको २६ किलोमिटर सडक कालोपत्रे गर्ने गरि असारमा सम्झौता भएपनि काम भने शुुरु भएको छैन् ।
शुुदुुरपश्चिम प्रदेश भौतिक पुुर्वाधार विकास मन्त्रालय अन्तर्गत पुर्वाधार विकास कार्यलय अछाम अन्तर्गत ठेक्का भएको थियो । कार्यलयले २६ किलोमिटर कालोपत्रेका लागि ९८ करोडको टेन्डर गरेको थियो । पिएस बाँनिया निर्माण सेवाले ५० करोड १७ लाखमा ठेक्का पाएर असारमा सम्झौता गरेको पुर्वाधार विकास कार्यलय अछामका प्रमुख जंग बहादुर थापाले वताएका छन् ।
सम्झौता गरेको तिन बर्ष सम्म काम सक्नुुपर्ने हो, तर ९ महिना पुगिसक्दा पनि काम शुुरु गर्ने बेवास्ता गरेको देखिन्छ । १ साता पहिला जिल्ला प्रशासन कार्यलय बाजुरामा सर्वपक्षिय बैठकमा काम चाडो शुुरु गर्ने कम्पनीले जनाएको थियो, तर एउटा डोजरले लगाएर गरे जस्तो देखाएको स्थानियले वताएका छन् । ढम्कनेमा एकदुुई दिन देखि डोजर राखेर अलि अलि काम गरेर काम शुुरु गरेको भनेर देखाउने काम मात्र भएको एक स्थानियले वताएका छन् ।
पुर्वाधार कार्यलय अछामका प्रमुख जंग बहादुुर थापाले सम्झौता अनुुसार काम शुुरु नभएको ठेकेदारलाई ताकेता गरिरहेका छौ, चाडो काम गर्न लगाउने वताए । प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले भने १५ दिनमा काम शुुरु गर्ने भनेको हो, शुुरु गरे नगरेको बुुझेर काम गर्न लगाउने वताएका छन् । ९ महिना सम्म पनि काम शुुरु नहुुदा समयमै काम सकिनेमा शंका रहेको गैह्रेले वताए ।
मार्तडी कोल्टि सडक खण्ड जम्मा ४१ किलोमिटर रहेको छ । प्रदेश सरकारको बहुबर्षिय योजनामा परेको यो सडकमा १५ किलोमिटरको काम शुरु भइसकेको छ । १५ किलोमिटर कालोपत्रेका लागि प्रदेश सरकार बाट ५८ करोड बिनियोजन भएको थियो । सम्पुरक अनुदानको बजेट बाट यो आर्थिक बर्षमा संघ र प्रदेश बाट ९८ करोड ७५ लाख १२ हजार रकम बिनियोजन भएको छ । यो रकम ५० प्रतिशत संघ र ५० प्रतिशत प्रदेश सरकारको रहेको छ ।
१५ किलोमिटर काम शुरु भएर सडक चौडा बनाउने काम भइरहेको पुर्वाधार विकास कार्यलय अछामका प्रमुख जंग बहादुर थापाले वताएका छन् । मार्तडी देखी कोल्टि सम्म ४१ किलोमिटर बुढिनन्दा नगरपालिका २ कोल्टिगाँउ सम्म पुग्ने रहेको पुर्वाधार विकास कार्यलयले जनाएको छ । मार्तडी कोल्टि ४१ किलोमिटर सडक कालोपत्रेका लागि १ अरब ५७ करोड ७५ लाख १२ हजार रकम बिनियोजन भएको थियो । मार्तडी देखी कोल्टि सम्म ४१ किलोमिटर कालोपत्रे गर्ने गरि यो रकम प्रदेश र संघ सरकार बाट बिनियोजन भएको पुर्वाधार कार्यलयले जनाएको छ ।
बिगतमा ४१ किलोमिटरमा ३५ करोड भन्दा बढि खर्च भइसकेको थियो । तर सड्क खण्डमा गाडि तानेर यात्रुहरु यात्रा गर्न बाध्य भएका छन् । अबस्थित सड्क र खाल्डा खुल्डीका कारण जोखिम रुपमा यातायात सञ्चालनमा हुने गरेको चालकले वताएका छन् । सबै भन्दा अफ्ठयारो बडिमालिका नगरपालिका मार्तडी देखी पोरखे सम्म रहेको गाडि सञ्चालकले वताएका छन् ।
२०५६ सालमा निर्माण कार्य शूरु भएको मार्तडी–कोल्टि सड्क निर्माण भएको २० बर्ष सम्म पनि पुरा हुन सकेको थिएन् । यो बजेटले भने तिन बर्ष पछि सधै गाडि चल्ने हुने भएको छ । १६ बर्ष सम्म ३५ करोड भन्दा बढि खर्च भईसकेको भएपनि सामान्य बाटो खुल्ने काम पनि पुरा नभएको स्थानिय बासिले वताएका छन् । जसका कारण यातायात गर्न असहज भएको छ । २०५६ फाल्गुण ७ गते तत्कालिन जिल्ला सभापति लाल बहादुर थापाले उक्त सड्कको शिलन्यास गरेका थिए । शिलन्यासका बेला २०६० सम्म कोल्टिमा गाडि पुयाईसक्ने लक्ष्य राखेको थियो ।

चर्चामा

सम्बन्धित समाचार