बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • कृषि ज्ञान केन्द्र बाजुराद्धारा ८ सय बढि परिवारलाइ राहत दिदै, कुन पालिकामा कती जना ?

कृषि ज्ञान केन्द्र बाजुराद्धारा ८ सय बढि परिवारलाइ राहत दिदै, कुन पालिकामा कती जना ?

  • शनिबार, फाल्गुन ८, २०७७
कृषि ज्ञान केन्द्र बाजुराद्धारा ८ सय बढि परिवारलाइ राहत दिदै, कुन पालिकामा कती जना ?

बाजुरा — कृषि ज्ञान केन्द्र बाजुराले बाजुरा जिल्लाका बिभिन्न स्थानीय तहका कृषकहरुलाई राहत बितरण गर्ने अभियान संचालन गरेको छ । बर्षाको समयमा बाढि र पहिरोमा परी किशानले लगाएको बालीको क्षेती ब्यहोरेका किसानहरुका लागि राहत प्याकेज ल्याईएको हो ।
जिल्लाका बिभिन्न स्थानीय तहमा बर्षाको समयमा बाढि र पहिरो पिडीत कृषकहरुलाई सो राहत बितरण गरिन थालिएको ज्ञान केन्द्र बाजुराका प्रमुृख गोबिन्द सिजापतीले बताए । जिल्लाका ९ ओटै स्थानीय तहमा रहेका बाढि र पहिरोको चपेटामा परेका किशानहरुका लागि सो प्याकेज ल्याएको ज्ञान केन्द्र प्रमुख सिजापतीले बताए ।
कृषकहरुलाई थोरै सहयोगले केही गर्न सकिन्छकी भन्ने उदेश्यका साथ राहत स्वरुप केही बिउबिजन राहत भनेर दिने कार्यक्रम रहेको उनले बताए । राहतमा पाउने कृषकहरुले सम्बन्धीत स्थानीय तह र वडामै उपलब्ध गराउने गरी सबै स्थानीय तहमा राहत साम्रगी पुगाई सकेको सिजापतीले बताए ।
प्रति किशान जुकेनी १ प्याकेट, फर्सि १ प्याकेट,काक्रा १प्याकेट, लौका १प्याकेट, घिरौला १प्याकेट, भिडि १प्याकेट, पाली १प्याकेट र घिउ सिमी १प्याकेट प्रति किशानलाई उपलब्ध गराउने योजना रहेको ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
बाजुरा जिल्लाका बिभिन्न स्थानीय तहले गरेको तथ्याङ्कको आधारमा किशानहरुलाई सो साम्रगी बितरण गरिने जनाएको छ । जसमा खप्तड छेडेदह गाउँपालिकाका २३ जना, जगन्नाथ गाउँपालिकाका २४ जना त्रिबेणी नगरपालिकाका ५० जना बडिमालिका नगरपालिकाका १ सय ८१ जना, बुढिगंगा नगरपालिकाका २ सय ४३ जना बुढिनन्दा नगरपालिकाका ५४ जना, हिमाली गाउँपालिकाका २५ जना गौमुल गाउँपालिकाका ६३ जना र स्वामीकार्तिक खापर गाउँपालिकाका १ सय ३१ जना गरी ८ सय २० परिवार किशानहरुलाई राहत स्वरुप तराकारीका बिउ बितरण गरिने ज्ञान केन्द्र बाजुराका प्रमुख सिजापतीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार