बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • प्रदेश २
  • गौरमा ट्राफिकका सई खत्री आए संगै ट्राफिक व्यवस्थापनमा सुधार

गौरमा ट्राफिकका सई खत्री आए संगै ट्राफिक व्यवस्थापनमा सुधार

  • शनिबार, फाल्गुन ८, २०७७
गौरमा ट्राफिकका सई खत्री आए संगै ट्राफिक व्यवस्थापनमा सुधार

रौतहट — रौतहटको सदरमुकाम गौरमा ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक(सई) टोप बहादुर खत्री आए संगै ट्राफिक नियम उल्लंघन गर्नेमा कमि आएको छ । उनले आफै फिल्डमा आएर काम गर्ने गरेका छन् जसका कारण अन्य ट्राफिक प्रहरीलाई सहायता मिलेको हो ।

विगतमा गौरका मुख्य-मुख्य चौकमा मोटरसाइकल, कार, टेम्पो, ई-रिक्सा, ट्रेक्टर आदिको पार्किङमा भएको समस्या उनी आएपछि धेरै हद सम्म व्यवस्थित बनेको हो । समय-समयमा ट्राफिक नियम जनचेतना सम्बन्धि जनसमुदायमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु पनि गर्दै आईरहेका छन् ।

विना नम्बर प्लेटको जस्तो सुकै सावारी साधनलाई नियन्त्रणमा लिई जरिवाना काट्नु को सट्टा त्यही पैसाबाट आफ्नै रोहबरमा नम्बर प्लेटमा नम्बर लेखाउने गरेका छन् । त्यस्तै ट्राफिक उल्लंघन गर्ने चालकलाई रोकी जरिवाना काट्नु को सट्टा पनि उल्टै हात जोडेर, ट्राफिक नियम बारे सम्झाई बुझाई पहिलो चोटीमा छाड्ने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार