शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • असंवैधानिक कदम विरूद्व प्रजातान्त्रिक विचार समाजको विरोध पत्र

असंवैधानिक कदम विरूद्व प्रजातान्त्रिक विचार समाजको विरोध पत्र

  • सोमवार, फाल्गुन ३, २०७७
असंवैधानिक कदम विरूद्व प्रजातान्त्रिक विचार समाजको विरोध पत्र

बाजुरा– असंवैधानिक कदम विरूद्व प्रजातान्त्रिक विचार समाज बाजुराले विरोध पत्र बुझाएको छ । गत पौष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको असंवैधानिक संसद विघटन विरूद्व लोकतान्त्रिक संस्कार र पद्वतिका लागि प्रजातान्त्रिक विचार समाजूबाजुराले आइतबार प्रमुख जिल्ला अधिकारी मार्फत सरकार सम्बन्धित निकायमा विरोध पत्र बुझाएको प्रजातान्त्रिक विचार समाज बाजुराका अध्यक्ष दयाराम पण्डितले बताएका छन् ।
प्रजातान्त्रिक विचार समाजद्वारा देशव्यापी रूपमा विरोधपत्र बुझाउने कार्यक्रम अन्तरगत बाजुरा शाखाले पनि सो विरोध पत्र प्रमुख जिल्ला अधिकारी मार्फत सरकार र सम्बन्धित निकायमा विरोध पत्र बुझाएको प्रजातान्त्रिक विचार समाज बाजुराले जनाएको छ ।

अलोकतान्त्रिक असंवैधानिक र सर्वसत्तावादी कदम सच्याउँदै देशलाई संविधानवादको लोकतान्त्रिक दिशामा फर्काउन माग सहित प्रजातान्त्रिक विचार समाजले लोकतान्त्रिक पेशाकर्मि तथा बुद्धिजीवीहरूमा समेत गरेको प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा। केदारनरसिंह के।सी, सुदुरपश्चिम अध्यक्ष लक्ष्मीराज पण्डित र बाजुरा जिल्ला अध्यक्ष दयाराम पण्डितद्वारा हस्ताक्षरित विरोधपत्रमा अपिल गरिएको छ ।
प्रजातान्त्रिक विचार समाज बाजुराका अध्यक्ष दयाराम पण्डितको नेतृत्वमा गएको टोलीमा प्रजातान्त्रिक विचार समाज बाजुराका कोषाध्यक्ष संगिता तिमिल्सेना लगायत विभिन्न संचारमाध्याममा कार्यरत पत्रकारहरूको सहभागिता रहेको थियो भने विरोध पत्र प्रजातान्त्रिक विचार समाज बाजुराका अध्यक्ष दयाराम पण्डितले प्रमुख जिल्ला अधिकारी कष्ण प्रसाद गैह्रेलाई हस्तान्तरण गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार