शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • स-सम्मान संसदमा पठाए पछि जनताले

स-सम्मान संसदमा पठाए पछि जनताले

  • बिहिबार, माघ २९, २०७७
स-सम्मान संसदमा पठाए पछि जनताले

देश भनेको नागरिकहरु को घर हुँनु पर्छ,
आफ्नै देशको बिकास गर्ने रहर हुँनु पर्छ।

स-सम्मान संसदमा पठाए पछि जनताले,
नेताहरु लाई जनताको पनि डर हुँनु पर्छ।

जिम्मा लिन्छौ मन्त्री प्रधान मन्त्रीकै तिमी,
फेरी देशको रक्षा गर्ने पनि त कर हुँनु पर्छ।

सडकमा आए अख्ण्डता,शुरक्षाको लागी,
सरकार तिमीलाई केहि ता असर हुँनु पर्छ।

जनता नेताको हुनै पर्छ नङ मासुको नाता,
दुबै एक आर्का मा सदियौँ निर्भर हुनु पर्छ।

ब्यबहार र बिचार मात्र त रहन्छ प्रेणा बनी,
अन्तिममा मुर्दाघरको नै हमसफर हुँनु पर्छ।

चर्चामा

सम्बन्धित समाचार