शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • त्रिवेणी
  • बाजुरामा आधारभुत प्राथमिक उपचार तालिम सम्पन्न

बाजुरामा आधारभुत प्राथमिक उपचार तालिम सम्पन्न

  • मङ्लबार, माघ २७, २०७७
बाजुरामा आधारभुत प्राथमिक उपचार तालिम सम्पन्न

बाजुरा — बाजुरा जिल्लाको त्रिबेणी नगरपालिकामा आधारभुत प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । युनिसेफको सहयोगमा नेपाल रेडक्रस सोसाइटि केन्द्रीय कार्यालयको समन्वय मा बाजुरा जिल्ला शाखाद्वारा सञ्चालित बाल केन्द्रित विपद् जोखिम न्युनिकरण कार्यक्रम अन्तरगत त्रिवेणी नगरपालिका तोली बाजुरामा आधारभुत प्राथमिक उपचार तालिम सम्पन्न भएको छ ।
समुदायस्तरमा ग्यानसिप वृद्धि गर्ने, नगरपालिकास्तरमा प्राथमिक उपचार सम्बन्धि प्रतकार्य टोलि तयार पार्ने र संस्थागत क्षमता बढाउने उदेश्यले तालिमको आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी बाजुराका कार्यालय प्रमुख इस्वरी सुबेदीले बताएकी छन ।
नेपाल रेडक्रस सोसाइटि केन्द्रीय कार्यालयमा कार्यरत अनुगमन, मुल्यांकन तथा प्रतिवेदन अधिकृत मान बहादुर सिँह, सुदुर पश्चिम प्रदेश कोअर्डिनेटर खेमराज भट्टराई , प्राथमिक उपचार स्वयंसेवक रंगनाथ रेग्मी लगायतले तालिममा सहजिकरण गरेको सुबेदीले बताएकी छन । तालिममा त्रिवेणी नगरपालिकाका ८ वडा, नगरस्तरिय आमा समूह, पुर्व बाल समुहका सदस्य हरू गरि २१ जनाको सहभागिता रहेको थियोे ।

माघ २४ गतेदेखि २६ गतेसम्म सञ्चालित तालिमकाे समापन कार्यक्रममा नेपाल रेडक्रस साेसाइटि बाजुरा जिल्ला शाखाकि उपसभापति उमा थापा कटुवालको अध्यक्ष्तामा कार्यबाहक नगर प्रमुख कालू साउदकाे प्रमुख अातित्थयतामा कार्यक्रममा ताेलिदेवलडाँडा माविका प्रधाना ध्यापक विष्णुप्रसाद अाेझा, ताेलि स्वास्थ्य चाैकिकी निमित्त प्रमुख देउमा कुमारी जैशि, सहभागीकाे तर्फबाट नन्द बहादुर रावल र राम बहादुर अयडिले मन्तव्य राखेका थिए । माघ २८ गतेदेखि ३० गतेसम्म लेवल ए समुदायमा अाधारित खाेज तथा उद्दार तालिम सञ्चालन गरिने छ ।

चर्चामा

सम्बन्धित समाचार