शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • जगन्नाथ
  • नेपालगञ्जमा हुने उपचार डा. जस्मिताले दुुर्गम गाँउमा सेवा दिएपछि…….

नेपालगञ्जमा हुने उपचार डा. जस्मिताले दुुर्गम गाँउमा सेवा दिएपछि…….

  • सोमवार, माघ २६, २०७७
नेपालगञ्जमा हुने उपचार डा. जस्मिताले दुुर्गम गाँउमा सेवा दिएपछि…….

बाजुरा — जगन्नाथ गाँउपालिका ३ बस्ने ६३ बर्षिय ठुमुुरा शाहिको पेटमा पानि जम्ने समस्या लामो समय देखि रहेको छ । कलेजोमा समस्याका कारणले पेटमा पानि जम्मा हुुने गरेकोे थियो । पेटमा पानि जम्मा भएपछि नेपालगञ्ज काठमाडौ मा गएर निकाल्नु पर्ने बाध्यता थियो ।
जगन्नाथ गाँउपालिकामा गाँउपालिकाले डा.जस्मिता बलमपाकीलाई भर्ना गरेर गाँउपालिकामा अस्पताल सञ्चालन गरेपछि ठुमुुरा शाहिको पेट बाट पानि निकालिएको छ । डा. जस्मिताले जोखिम मोलेर पेट बाट पानि निकालेकी छन् । पहिलो पटक गाँउपालिकामा चिकित्सक राखेर सेवा पाँउदा निकै खुुशि भएको ठुुमुरा शाहिले बडिमालिका खबरलाई वताएकी छन् । पहिला बस्न सक्ने अबस्थामा थिएन्, तर पानि निकालेर आफै बस्न सक्ने भएको ठुमुराले वताईन् ।
ठुमुुराले भनिन्, नेपालगञ्ज जाने पैसा थिएन्, गाँउपालिकामा डाक्टर आएको सुुन्दा आफन्तलाई बोक्न लगाएर सेवा लिए आए । पेट बाट पानि निकालेपछि केही बाच्ने आश रहेको र अहिलेका लागि मृत्यु टरेको वताईन् । नेपालगञ्ज जादा ३० हजार भन्दा बढि खर्च लाग्ने गरेको थियो, तर गाँउपालिकामा सेवा पाँउदा एक रुपैया पनि खर्च नभएको वताएकि छन् ।
डा.जस्मिता बलमपाकीले भनिन्, ठुमुरा शाहिको कलेजोमा समस्या भएका कारणले पेटमा पानि जमेको थियो । उहाँ यो अन्तिम अबस्था हो, हामीले पेटमा जम्मा भएको पानि ५ लिटर भन्दा बढि निकालेका छौ, केही उनलाई सहज र आराम भएको डा.जस्मिताले वताईन् । आर्थिक अबस्थाले नेपालगञ्ज काठमाडौ लिन समस्या थियो, गाँउपालिकामै उनले सेवा पाएको बलमपाकीले बडिमालिका खबरलाई वताएकि छन् ।
पेटमा पानि जम्मा हुने समस्या कलेजोको कारणले ८० प्रतिशत र २० प्रतिशत पेटेको कारण हुने गरेको छ । ठुुमुरा शाहिको कलेजोको कारणले पेटमा पानि जम्मा भएको डा. जस्मिताले वताईन् । ठुमुुराको जटिले केश हो, पानि निकालीसकेपछि धेरै रिकभर भएको उनले वताईन् । फेरी १ हप्ता पछि निकाल्नुुपर्ने रहेको उनले वताएकि छन् । ठुमुुराले यो भन्दा पहिला काठमाडौमा गएर उपचार गराएकि थिईन् ।
गाँउपालिकाले जुड्डिमा ५ बेडको अस्पताल सञ्चालनमा ल्याएर चिकित्सक मार्फत स्वास्थ्य सेवा दिएको हो । गाँउपालिकामा चिकित्सक मार्फत स्वास्थ्य सेवा शुरु भएपछि बिरामीको संख्यामा बृद्धि भएको जगन्नाथ गाँउपालिका रोजगार संयोजक लक्ष्मण जोशीले वताएका छन् । पुर्वाधार अभाब र स्वास्थ्यकर्मीको अभाब रहेको चाडै ब्यबस्थापन गरेर गुुणस्तरीय सेवा प्रभाब गर्न लागेको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद गैरले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार