शनिबार, बैशाख २९, २०८१
  • होमपेज
  • समाज
  • छोरीहरु कसरी स्कुल जाने?

छोरीहरु कसरी स्कुल जाने?

  • सोमवार, माघ २६, २०७७
छोरीहरु कसरी स्कुल जाने?

छोरी लाई स्कुल कसरी पठाउँने?आज देशको माहोल हेर्दा आमा बाले यही प्रश्न गर्छन। दिन प्रतिदिन देशमा अबोद किसोरीहरु माथी बलत्कार हुन्छ अनि उनि मारिन्छिन त्यसको सर्वत्र बिरोध हुन्छ।बिस्तारै त्यो सेलाएर जान्छ उस्ले न्याया पाउँदैन।यो देशको परिबेशमा आफ्ना छोरीहरुलाई आमा बा ले स्कुल कलेज र बजार आदी ठाउँमा पठाउँदा धेरै सोच बिचार गरेर मात्र पठाउँनु पर्ने भयो।हिँजोका दिनहरुमा महिलाहरु बन घाँस दाउरा गर्न जाँदा बाघ भालु सँग पनि लड्थे डर थियो भने मात्र जंगली जनवर सँग थियो।तर आज मान्छे सँग डराउँनु पर्ने भयो किन की मान्छे नै त्यो हिँशक पशु बनेकोछ जो एक प्रकारले मानव हिनछ,अबिवेकछ जस्लाई राक्षेशनै भन्नु पर्छ।
एक त हाम्रो समाजमा कुरीति कुसँस्कार रुढीवादले महिँला हरुलाई कम्जोर बनाएकोछ अन्याय र अत्याचारको बिरुद्धमा लड्नु भन्दा महिलालाई अन्याय अत्याचार सहने शिक्षा दिईन्छ।त्यसैको परिणाम हाम्रा छोरी चेलीहरु अत्याचारको प्रतिकार होईन सिकार भयकाछन।पश्चिमी छाडा सँस्कृति र पुँजीवादले महिलालाई एउटा बस्तु उत्पादनको नमुना जस्तो बनाएकोछ।
त्यही माथि पुरुषको राक्षशि प्रबृतिले आज महिलाहरु लाई मानसिक साररीक रुपमा अत्याचार गर्दै आएको छ।
निर्मला हत्याकाँड अंझै सुल्झिएको छैन अहिले फेरी भागिरथी हत्या काँडले देशलाई सरमसार पारेकोछ।भागिरथी भट्टको गत बुध बार बिध्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकि थिईन।खोज बिन गर्दा बिरवार साँझ दोगडा केदार गाउ पालिकाकै लवलेक सामुदाईक बनमा हत्यागरेको अबस्थामा उनको सब फेला परेके थिए।उन्का बुबा दुई मैना पहिले मृत्यु भैसकेको भनिन्नछ।
यो घटना लाई एस एस पी सहित केन्द्रिय अनुसंधान ब्युरो सिआई बि का डिएसपीको टोलिले अनुसन्धान गर्दैछ।बरिष्ठ उपरिक्षक मुकेश कुमार सिहँले अहिले सम्म अनुसन्धान सन्तोष जनक भयको दावी गर्दै छिट्टै अप्राधी पत्ता लाग्न सक्ने बताएकाछन।सुदूर पश्चिम प्रदेशका प्रहरी कार्यालयमा कार्यारत प्रहरी बरिष्ठ उपरिक्षक जनक राज पाण्डेको नेतृत्वमा प्रहरिले टोली घटना स्थानमा पुगेर प्राथमिक चाँज पड्ताल गर्ने र त्यो बाटोमा हिँड्ने सवारी साधन पैदल आवत जावत गर्ने र भागिरथि सँग सँगै स्कुलमा आउँने जाने लगायतका ब्याक्तिहरु सँग सोधपुछ चलेकोछ।साथै धन गडि बाट तालिम प्राप्त कुकुरहरु पनि मगाएर छानबिन र अप्राधीहरुको खोज बिन हुँदैछ।उक्त किसोरीले प्रयोग गर्ने मोबाईल फेला परेपछि त्यसको काल डिटेल गरिँदैछ।त्यो प्रहरीको पारम्भिक जाँच अनुसन्धानको बिषय हो।तर सबभन्दा महत्व पुर्ण बिषय यस्ता घटना किन हुँन्छन र यस्लाई रोकथाम गर्न किन प्रसाशनले सकिराखेको छैन।त्यसता अप्राधीहरु लाई सरकारले गिरफ्तार किन गर्दैन किन ति अप्राधीहरु जोगिन्छन।त्यो मुख्य प्रश्नको बिषयहो जो देशभरीका जनताले यसैको उत्तरको बाटो कुरेर बसेकाछन।एका तिर हाम्रो समाजको कुसँस्कार कथित पुरुषप्रधान समाजमा दोस्रो दर्जाको नागरिक जस्तै पुरुसको आश्रृतमा अडाई दिएकोछ।हामि सबैका घरमा आमा छन,छोरी छन दिदि र बैनि पनि छन तर ति आमा र बैनि छोरीहरुको अरुका चेलिहरु लाई हेर्ने दृष्टि कोण हामि सँग छैन।बिवेक हिन भयको यो समाजले गर्दा आज महिलाहरु लाई घरबाट भाईर निस्किन अपठ्यारो परेकोछ।सामाजिक नियतिलाई बदल्न नसक्नु पनि अप्राधिहरुलाई कार्वाही नगरेर पनि हो।
निर्मलाको हत्याको दुई बर्ष पुग्दा सम्म उन्को हत्यारा अहिले सम्म फेला पार्न नसक्ने यो सरकारले भागिरथीको हत्यारालाई पत्ता लगाउँला उस्लाई जेल हाल्ला?वा उस्तै निर्मलाको जस्तै फाईल चिसो बाकसमा राखेर सडाउँला यो बिचारणिय प्रश्नहो।
बैतडीको डोकदा केदार गाउँ पालीका७की १७बर्षिय भागिरथीको पनि उस्तै १३बर्षिय निर्मला पन्तको जस्तै अप्राधीहरु जोगाउँने त होईनन?यो आसंका उब्जिएकोछ।किसोरी निर्मला पन्तको महिनौ देखि केस अलपत्रछ।२०७५साल साउनको११गते कञ्चनपुरको भिमदत्त नगरपालिका १८निम्बुखेडा स्थित उखुको बारीमा निर्मलाको सव फेला परेको थियो।उक्त घटना घटाउँने दोशि सम्म पुग्दै फर्किदै गरेको जस्तै नाटकिय अभियान गरेर अप्राधीहरुलाई जोगाउँने काम भयो।छानबिनमा कुनै बिष्ट समेतको कमिजको टुक्रा फेला परेको र त्यो च्यातिएको कमिज उनको घरमा भयको समेत समाचार आएका थिए।आखिरमा त्यो सबै सबुतहरु तितर बितर गराएर त्यो केसलाई एसरी उल्झाईयो कि त्यो अब सुल्झिने चान्श कत्तिपनि देखिदैन।यो कुनै सानो तिनो अप्राधी होईन कुनै पावरफुल ब्याक्ति भयकोले त्यो अप्राधीलाई प्रसाशनले राजनीतिक दवामा ढाक छोप गर्ने काम गरेको हुँनसक्छ।
अहिलेको पनि त्यस्तो नहोला भन्न गारोछ।हाम्रो देशको न्याय कानून धनीमान्छेको खोल्टीमा छ।जतिबेला उस्ले चाहान्छ निकालछ नत्र त्यो निस्किदैन।
आज सारा देश स्रमसार भयकोछ भागिरथीको पुरै गाउँमा रुवाबाशछ।सोकाकुल भयकोछ,उन्को लाश समेत आफन्तिहरुले लिएका छैनन।जहिले सम्म अप्राधी फेला पारेर उस्लाई उचित कार्वाहि हुँदैन शंघर्ष जारिनै रहने बताएकाछन।
हाम्रो देश यतिबेला साँच्चै भन्दा सरकार बिहिन भयकोछ जंगलराज छ।सरकारमा बसेका आफै बिदेशका दलाल,धनिका गुलाम,अप्राधीका कटपुत्लि भयकाछन उनैको आपसमा मारकाटछ।यस्तो अबस्थामा जनतालेनै अप्राधीहरुको पत्तालगाउँन दबाव दिनेर पत्ता लगाउँन कमर कस्ने बेलाछ।यदि कुनै पावर फुल ब्याक्ति यो घटनामा सलङ्गन छ भने यो केसपनि निर्मला पन्तको जस्तो हुन सक्छ।तसर्थ सम्पुरण न्याय प्रेमिहरुको एकताले त्यस्तो हुनबाट खबरदार गर्दै भागिरथीको लागि न्यायको पक्षमा आवाज उठाउँदै अप्राधीलाई फाँसीको कटघेरा सम्म पुराउँन जोडदार प्रयास गर्नु पर्दछ।अन्याथा हाम्रो देशमा महिला माथि हुँने यस्ता घटनाहरुमा नियमित बृद्धि हुनेर अप्राधीको हिम्मत बढ्ने छ।

चर्चामा

सम्बन्धित समाचार