शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा हिमपात र बर्षा, मार्तडी काेल्टी सडककाे पाेरखे लेखमा हिमपातले यातायात बन्द

बाजुरामा हिमपात र बर्षा, मार्तडी काेल्टी सडककाे पाेरखे लेखमा हिमपातले यातायात बन्द

  • शुक्रबार, माघ २३, २०७७
बाजुरामा हिमपात र बर्षा, मार्तडी काेल्टी सडककाे पाेरखे लेखमा हिमपातले यातायात बन्द
फाइल तस्बीर

बाजुरा —  जिल्लामा  बिहिवार रातिदेखि याे बर्षकाे पहिलो पटक हिमपात संगै बर्षा सुरु भएको छ । भारी हिमपातका कारण चिसोले यहाँको जनजीवन कष्टकर भएको छ । बाक्लो हिमपात कारण किसान खुसी भएका छन् । भने व्यापारी चिन्तित भएका छन् । मार्तडी काेल्टी सडक खण्डकाे पाेरखे लेकमा हिमपात हुदा यातायातका साधानहरू अबराेध भएका छन ।  मंसिर बाट हिमपात हुनु पर्नेमा यो वर्ष माघ महिनामा पानी र हिमपात नभएपछि खेतमा लगाएका हिउँदेबाली सुक्ने भए भन्दै किसान चिन्तित बनेका थिए । विहिवार रातिबाट बर्षासंगै हिमपात हुन थालेपछि कृषकहरु खुशी भएका हुन । लामो समयसम्म पानी नपरेपछि लगाएका हिउँदे बाली खेतमै सुके पछि यो बर्ष पनि तेस्तै हुन्छ की भनेर किसान चिन्तितमा थिए । तर यो बर्ष भने समयमै पानी परेपछि बाली पनि सप्रीने किसानहरु बताउछन ।

हिमपातले कृषकमा खुशियाली ल्याए पनि यहाँका व्यापारी भने चिन्तित भएका छन् । भारी हिमपात भएर सडक बन्द भई सामान ढुवानी बन्द हुन्छ कि भनेर व्यापारी चिन्तित भएका हुन् । बाजुरा जिल्लाको माथिल्लो भेगको सामान तल्लो भेग सदरमुकाम मार्तडीबाट सडक भएर व्यापारिक सामान आउने भएकाले बढी हिमपात भएमा कच्ची सडक बिग्रने र पोरखे लेखमा सडक बन्द भएर दैनिक उपभाग्य समानको अभाव हुन्छ कि भनेर व्यापारी चिन्तित भएका छन् ।

बिहिवार रातिदेखि हिउँ परेका क्षेत्रहरु बडिमालिका नगरपालिका, बुढिन्दा नगरपालिका, त्रिवेणी नगरपालिका, गौमुल गाउँपालिका, स्वामिकार्तिक गाउँपालिका, पाण्डव गुफा गाउँपालिका, हिमाली गाउँपालिकाको माथिल्लो क्षेत्रमा हिमपात भैरहेको छ भने तलो क्षेत्रमा बर्षा भैरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार