शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • आमा बाले केहि नगरेपनि सम्मान गर्नु

आमा बाले केहि नगरेपनि सम्मान गर्नु

  • बिहिबार, माघ २२, २०७७
आमा बाले केहि नगरेपनि सम्मान गर्नु

सबै भन्दा ठुलो जेलखान त डर हुन्छ,
मनले नमाने पनि गर्ने काम कर हुन्छ।

कसैलाई मार्नुछ भनि त पिरो बोल्नुश,
त्यो बोलि नि उस्का लागि जहर हुन्छ।

आमा बाले केहि नगरेपनि सम्मान गर्नु,
उनिहरु को उपस्थिति ठुलो भर हुन्छ।

अहिले उनि कम्जोर भएछन के भयो,
बल्यो जोशीलो हुने पनि उम्मर हुन्छ।

ओर्लाउँनु पर्छ मनमा लागेको प्रतिभा,
ठिक बेठिकको भबिष्यमै असर हुन्छ।

मानिश भएर जन्मेपछि नथाक्नु मित्र,
हाम्रो जीन्दगि नै शंघर्ष र सफर हुन्छ।

चर्चामा

सम्बन्धित समाचार