शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • जगन्नाथ
  • बाजुरा : जगन्नाथ गाँउपालिकामा ओ.पि.डी.सेवा सुचारू

बाजुरा : जगन्नाथ गाँउपालिकामा ओ.पि.डी.सेवा सुचारू

  • बिहिबार, माघ २२, २०७७
बाजुरा : जगन्नाथ गाँउपालिकामा ओ.पि.डी.सेवा सुचारू

बाजुरा — नेपाल सरकारको नीति अनुरुप प्रत्येक स्थानिय तहमा (कोभिड-१९) अस्पताल संचालन गर्ने निर्णय अनुसार जगन्नाथ गाँउपालिकामा पाँच बेडको अस्पताल संचालन गर्नका लागि रु दस लाख विनियोजन गरिएको थियो। गाँउपालिकाले अस्पताल निर्माणका लागि रु छ लाख विनियोजन गरेको र उक्त बजेट बाट निर्माण गरिएको कोरोना अस्थायी अस्पताल मिति २०७७ माघ २१ गतेका दिन गाँउपालिका अध्यक्ष काली बहादुर शाहीले रिवन काटेर उदघाट्न गरेे। अस्पतालको उदघाट्न पश्चात डा.जस्मिता बलमपाकीले जगन्नाथ गाँउपालिका वडा नं ३ का ५७ बर्षिय कटक बहादुर शाही,रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडा नं ७,कि ५ बर्षिय मिना ज्ञवाली र सिता मरासिनीको चेकजाँच गरेर सेवा प्रारम्भ गरिएको छ।सेवा सुरु भएको पहिलो दिनमा दश जनाको चेकजाँच,परामर्श सेवा र औषधी वितरण गरिएको छ ।आगामी दिनमा गाँउपालिकाको केन्द्र जुड्डीमा नियमित ओपिडी,ड्रेसिङ्ग,सुचरिङ्ग,आइ एण्ड डी, कोरोनाको चेकजाँच र बेड भर्ना सेवा नियमित संचालन गर्नका लागि आवश्यक बजेट र करारमा स्वास्थ्यकर्मीको पदपुर्ति र सेवा सुविधा सम्बन्धी कार्यविधि-२०७७ को अधिनमा रहि एक जना एम.वि.वि.एस.डाक्टर,दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी भर्ना गरे सेवा सुचारु गरिएको राेजगार सयाेजक लक्ष्ममण जेाशीले बताएका छन । उदघाट्न कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष,वडा अध्यक्ष,प्रमुख प्रशासकिय अधिकृत,स्वास्थ्य संयोजक लगायत कर्मचारीको उपस्थिति रहेको थियो।जनताले घरदैलोमा गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि गाँउपालिकाले कुनै कसुर बाँकी नराख्ने कुरा गाँउपालिका अध्यक्षले बताए  ।त्यसका लागि अबको एक महिना भित्र ल्याव र एक्सरे जस्ता सुविधाको बिस्तार गर्दै जाने कुरा प्रमुख प्रशासकिय अधिकृत विनोद प्रशाद गैरेले बताए ।नियमित रुपमा अस्पताल संचालन गर्नका लागि गाँउपालिका भित्रका स्वास्थ्यकर्मि लाई परिचालन गरिनेछ । उक्त अस्पताल बाट जगन्नाथ गाँउपालिका,स्वामिकार्तिक खापर गाँउपालिका र छिमेकी जिल्ला कालीकोटका जनताले स्वास्थ्य सेवा सहज रुपले प्राप्त गर्ने आशा गरिएको छ । नेपाल सरकारले जगन्नाथ गाँउपालिकामा दश शैंयाको अस्पताल स्वीकृत गरिसकेको र भवन निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइ सकेको छ ।

चर्चामा

सम्बन्धित समाचार