शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • विचित्र संसार
  • यस्तो देश, जहाँ अर्थमन्त्रीले रक्सी पिएर बजेट भाषण गर्न पाउँछन्

यस्तो देश, जहाँ अर्थमन्त्रीले रक्सी पिएर बजेट भाषण गर्न पाउँछन्

  • बुधबार, माघ २१, २०७७
यस्तो देश, जहाँ अर्थमन्त्रीले रक्सी पिएर बजेट भाषण गर्न पाउँछन्

कुनै मन्त्री रक्सी पिएर संसदमा गएर भाषण गर्ने कुरा हामीकहाँ सोच्नसम्म सकिन्न । तर यो दुनियामा एउटा यस्तो देश छ, जहाँ अर्थमन्त्रीले संसद्मा बजेट भाषण गर्दा रक्सी पिएर जान सक्दछ ।

यस्तो अनौठो छुट भएको मुलुक प्रजातन्त्रको जननी भनिने देश बेलायत हो । बेलायतमा यस्तो कानुन छ जस अनुसार त्यहाँका चान्सलरले बजेट पेस गर्ने दिन रक्सी पिएर संसद्मा गई बजेट पेश गर्न सक्दछन् ।

मिडिया रिपोर्ट अनुसार बेलायती संसद् हाउस अफ कमन्सको नियम पुस्तिकामा मदिरापान सम्बन्धमा प्रष्ट नियम छ । जस अनुसार चान्सलरले रक्सी पिएर बजेट भाषण गर्न सक्दछन् । तर अरु मन्त्रीहरुलाई चाहिँ मदिरापान गरेर संसद्मा बोल्ने छुट छैन । साथै बजेट भाषण बाहेकका दिन चाहिँ अर्थमन्त्रीलाई पनि संसदमा बोल्दा रक्सी पिउने छुट हुँदैन ।

बेलायतमा दशकौँ देखि यो नियम चलिरहेको छ । तर अहिलेको समयमा यो नियमलाई बेतुकको मानिन्छ ।

बेलायतमा बजेटसँग सम्बन्धित अर्को पनि अनौठो तथ्य छ । बेलायतमा बजेट पेस गर्नका लागि १ सय वर्षसम्म एउटै मात्र ब्रिफकेसको प्रयोग गरिएको थियो । उक्त ब्रिफकेस पहिलोपटक सन् १८६० मा बेलायतका चान्सलर विलियम ग्लाडस्टोनले बजेट पेश गर्ने बेलामा प्रयोग भएको थियो । उक्त ब्रिफकेसको नाम स्कारलेट थियो । चान्सलर ग्लाडस्टोनले प्रयोग गरेको उक्त ब्रिफकेस सन् १९६५ सम्म प्रयोग गरियो । सन् १९६५ मा तत्कालीन चान्सलर जेम्स क्लेघनले मात्र उक्त पूरानो ब्रिफकेसको साटो नयाँ ब्रिफकेस प्रयोग गरेका थिए । त्यसपछि सन् १९९७ मा चान्सलर गोर्डन ब्राउनले पनि बजेट पेश गर्नका लागि नयाँ ब्रिफकेस प्रयोग गरे ।

स्मरण रहोस् सन् २०११ मा बेलायती चान्सलर जर्ज ओसर्बनले बजेट पेस गर्नका लागि त्यहीँ १८६० मा प्रयोग भएको १५१ वर्ष पूरानो ब्रिफकेसको प्रयोग गरेका थिए ।

एजेन्सी

चर्चामा

सम्बन्धित समाचार