शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • संवैधानिक परिषद्ले सिफारिस गरेका पदाधिकारीहरुलाई बुधबार बिहान शपथ गराइँदै

संवैधानिक परिषद्ले सिफारिस गरेका पदाधिकारीहरुलाई बुधबार बिहान शपथ गराइँदै

  • बुधबार, माघ २१, २०७७
संवैधानिक परिषद्ले सिफारिस गरेका पदाधिकारीहरुलाई बुधबार बिहान शपथ गराइँदै

अधिकांश संवैधानिक आयोगहरुले पूर्णता पाउने भएका छन् । संवैधानिक परिषद्ले सिफारिस गरिएका पदाधिकारीहरुलाई बुधबार बिहान शपथ ग्रहण गराइने भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले बिहान ९ बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय भएको रातोपाटीलाई जानकारी दिए ।

संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत संवैधानिक निकायका अध्यक्षसहितका पदाधिकारीको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो ।

सबैजनालाई राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नियुक्त गर्ने र नियुक्तिपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शपथ खुवाउने बताइएको छ । परिषद्बाट सिफारिस भएका सबैजनाको सिफारिस कानुनअनुसार परिपक्व भएको भन्दै नियुक्तिका लागि मंगलबार साँझ नै राष्ट्रपतिसमक्ष नाम पठाइएको थियो ।

३० मंसिरमा बसेको संवैधानिक परिषद् बैठकले संवैधानिक आयोगमा रिक्त रहेको पदाधिकारी तथा सदस्यहरू नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सिफारिस भएकाको नाममा ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५’ मा ४५ दिनभित्र निर्णय दिन नसके स्वतः नियुक्ति हुने प्रावधान रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार