शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराकाे धराेहर बडिमालिकमा हेलीकप्टर टुर सेवा आजदेखी सुरु,

बाजुराकाे धराेहर बडिमालिकमा हेलीकप्टर टुर सेवा आजदेखी सुरु,

नेपाल पर्यटन बाेर्डका कार्यकारि निर्देशक डा. धनन्जय रेग्मीले गरे पहिलाे टुर

  • आइतवार, माघ १८, २०७७
बाजुराकाे धराेहर बडिमालिकमा  हेलीकप्टर टुर सेवा आजदेखी सुरु,
खप्तड बडिमालिका दर्शनका लागि नेपाल पर्यटन बाेर्डका कार्यकारि निर्देशक डा. धनन्जय रेग्मि , एनटिए केन्द्रका अध्यक्ष अच्युत गुरागाई र, पर्यटन ब्यवसायि कृष्णबहादुर महराले खप्तड - बडिमालिका दर्शन तथा फाेटाे शेसन गर्दै तस्बिर : दिपक बहादुर खड्काकाे फेशबुकबाट

बाजुरा — बाजुरा जिल्लाको धार्मीक तथा पर्यटकिय क्षेत्र बडिमालिकमा पनी हेलीकप्टर टुरु सेवा सुरु आइतबारबाट सूरू भएकाे छ । खप्तड होम स्टेको सहयोगमा आज अर्थात आइतबारबाट दिपायल देखी बाजुराको बडिमालिका सम्म हेली टुरुको सुभारम्भ भएकाे खप्तड होम स्टेका संचालक दिपक खड्काले बताएका छन ।
आइतबार पहिलो फलाइटमा नेपाल पर्यटन बोर्डका सियो डाक्टर धननजय रेग्मी र बोर्डका सदस्य कृष्ण महाराले सो हेली टुरको शुभारम्भ गरेकाे खप्तड होम स्टेका संचालक खड्काले बडीमालिका खवरलाई बताएका छन । दिपायल देखी बडिमालिका सम्मको हेली टुर माघ २५ गते सम्म प्याकेज रहेको उनले बताएका छन । आज खप्तड बडिमालिका दर्शनका लागि नेपाल पर्यटन बाेर्डका कार्यकारि निर्देशक डा. धनन्जय रेग्मि , एनटिए केन्द्रका अध्यक्ष अच्युत गुरागाई र, पर्यटन ब्यवसायि कृष्णबहादुर महराले खप्तड – बडिमालिका दर्शन गरेकाे हाेटल तथा पर्यटन ब्यवसायि महासंघ सुदुरपश्चिम प्रदेश अध्यक्ष खड्काले जानकारी दिएका छन ।

Image may contain: sky, outdoor and nature
सुदुर पश्चिमकै धरोहरको रुपमा रहेको बाजुराको बडिमालिका र खप्तडको पर्यटन प्रबद्धन गर्न माउन्टेन हेलीकप्टरको समन्वय तथा खप्तड होम स्टेको सहयोगमा सो प्याकेज ल्याएको उनले बताए ।

Image may contain: 4 people, people standing, sky and outdoor
सुदुरका पर्यटन क्षेत्रको बिकाश र पर्यटन प्रबद्धन गर्न उनले हेली प्याकेजका साथै अन्य बिकाशका लागि केही गर्न सकिन्छकी भने सो सेवाको प्याकेज बनाएको खड्काले बताए । धर्तिकाे स्वर्ग बडिमालिका जाँउ , धार्मिक महिनामा पुण्य कमाउ भन्ने मुल नाराका साथ हेलिकप्टरबाट दिपायल – बडिमालिका प्रति ब्यक्ति २७ हजार ५ सय रहेकाे र साे हेलीक्पटरमा   चार जना अनिवार्य हुनुपर्ने  खड्काले बताएका छन ।

Image may contain: one or more people, people standing, sky, mountain, outdoor and nature

चर्चामा

सम्बन्धित समाचार