बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • मध्यवधी चुनावले निम्ताएको समस्या

मध्यवधी चुनावले निम्ताएको समस्या

  • आइतवार, माघ १८, २०७७
मध्यवधी चुनावले निम्ताएको समस्या

हाम्रो देशको जन संख्याको करीब आधा जति जनता बिदेशमा बिभिन्न प्रकारका काम गर्न गयका छन।खाश गरेर भारतमा भएका जनताको कुनै लेखोजोखो नै छैन।खुल्ला सिमाना भयकोले दिनौ हजारौँको संख्यामा आउँने जाने भैनै रहन्छ।कोई अस्थाई कोई थाई प्रकारले नोकरी पेसा गरेर बसेका लाखौ नेपालीहरु छन।बिगतमा भारतमा लोक डाउँनले गर्दा अहिले धेरैको नोकरी पेसा छुटेको थियो। जो स्वदेशमा कृषक काम गर्ने मनसाएले फिर्ता पनि भयकाथिए तर देशमा त्यस्तो बाताबर्णनै बनेन। परिणाम उनिहरु पुनःभारतमा लोक डाउँन केही सिथिल भयपछि भारत गएर केही उध्धोग कारखानामा पुनःकाममा लागेकाछन।तर पहिलेको भन्दापनि कम तलबमा काम गर्न बाध्या भ्एकाछन।किन भनी सरकारले पहिलेको तुलनामा आधा कर्मचारी राख्ने भनेपछि नेपालीहरुले नोकरी नपाउँने बाताबर्ण भयो।
पहिलेकै कामलाई आदा तलबमा गर्न बिबश भयकाछन। प्रवाशी श्रमजीवीहरुको स्थानिय मज्दूरको भन्दापनि अतिरिक्त समस्याहरु हुन्छन।प्रवाशि हुँनु नै सबैभन्दा ठुलो समस्या भयकोछ।एकजना प्रवाशीको हकमा बोल्ने कोहिपनि हुँदैन र उस्लाई ज्याला पनि र काम पनि मालिकलेनै तोकेको हुन्छ।हामिले बिदेशमा उसैले तोकेको ज्यालामा उसैले तोकेको काम गर्नु पर्दछ।यसकारणले स्थानिय मज्दुरको भन्दा पर्वाशि मज्दुरहरुको अतिरिक्त समस्या हुँन्छ।
देशभित्र काम पाईदैन बिदेवमा आएपछि यस्तो चालाछ।यो जटिल अबस्थामा देश भित्र सरकारमै गुट भएपछि त्यो गुटको आपसमा खिचातानीले गर्दा प्रधानमन्त्रि केपी शर्मा ओलिले देशको संसदलाई नै बलजब्ति असम्बैधानीक र अप्रजातान्त्रिक भयर बिघटन गरेपछि आर्को समस्या निम्तियो।
एकातिर रोजगारको समस्या आर्को तिर मतदान दिन गर्न स्वदेश फर्किने समस्या।राजनीतिक पार्टीहरुको खिचलोले देशका निर्दोश जनताहरुले यो दुःख ब्यहोर्नु परेकोछ।हामिले देशमा बिघटित संसदलाई पुर्नबहाल गर्नुपर्छ भनेर आवाज उठाउँदा ओलिले भन्नु भयो “देशद्रोही हुन जस्ले संसदको पुर्नबहाल गर्ने माग गर्छन”जस्ले दुई तिहाईको संसद बिघटन गर्छन उनिहरु देशभक्त जस्ले त्यसो गर्नु गलतहो अप्रजातान्त्रिकहो असम्बैधानिकहो जो पुर्न बहालि हुँनुपर्छ भनेर माग गर्छ त्यो देशद्रोहीहो।यस्तो प्रधान मन्त्रि ज्युको भनाईछ।
परदेशीहरुले फेरी देशको मतदानमा भागलिनलाई ठुलो किमत चुक्ता गर्नुपर्छ।कयौँ देशहरु बाट स्वदेश फर्किनु पर्छ जो त्यति सजिलो कुरा होईन।हुँन त हाम्रो देशमा हुँने चुनाव सदैको अधुरो चुनाव हुँनेगर्छ किन भने हाम्रो देशमा निर्वाचनको बेला सतप्रतिशत नागरिक चुनावमा भाग लिनै सक्दैनन।सरकारले पहिले ओलिकै पालामा निर्वाचनमा गर्दा आफु बसेको ठाउँ बाट निर्वाचनमा भाग लिन पाउँने मतदान गर्न पाउँने ब्यबस्था गर्नु पर्छ भन्ने बारे मानेको र स्वर्वोच्चले पनि परदेशी नेपालीलाई आफु बसेको ठाउँ बाट मतदान गर्न पाउँने अधिकार घोषणा गय्रो तर त्यो सरकारको तर्फ बाट ब्यबस्था गर्न नसक्दा लट्टकेकोछ।
आखिर हाम्रो देशमा यो खिचलो जो एक पटक पारित भैसकेको बिषयलाई ब्यबस्थित गर्न नसक्ने आनाकानी गर्ने गर्दै आएकाछन।नेताहरुको आपसि लडाईमा देशको ढुकुटी रित्तियो जनताले सास्ति खेप्नु पर्छ।कुनै बिकाशका मुद्धामा होईन,परदेशी नेपालिलाई देशभित्र रोजगार दिने मुद्धामा होईन,किसानहरुलाई कृषि साधन ब्यबस्था गर्ने बिषयमा होईन।आपसमा कुर्चि नपाएर आलो पालो मन्त्रि खान नपाएर बिदेशबाट आएको अनुदान आफ्नो हातमा पार्न नपाएर,बिदेशीको खुलेर दलालि गर्न नपाएर।आपसमा खिचातानि गर्दै जनताले चुनेर पाँच बर्षका लागि भनेर पठाएको संसदलाई बिघटन गर्न पुग्छन।
देश भित्र बिदेशीले सिमानामा अतिकर्माण गर्दै आएकोछ त्यो मात्रैहोईन देशको भाषा साँस्कृती रहन सहन भेशभुषा यि सबैमा अतिकर्मण गर्दै आएकोछ।हिन्दु धर्मको नाममा अतिकर्मणको खेल खेल्दै आएकोछ।हामि त नेपालीहौँ हामिलाई हिँन्दु धर्मको के सरोकारहो हाम्रा लागि सबै धर्म बराबरी हुँन्छन।हाम्रो देशले धर्म निरपक्षियता अप्नाएकोछ।तर त्यो छिमेकिलाई अपच भयकोछ।परवाशमा बसेका सरकारी कर्मचारीहरु अबकाश पछि आप्नै देशमा पैन्शिनको ज्ञारन्टि छैन।जिवनभरी काम गरेर मर्ने बेलामा आर्काको देशमा पिन्शिनको लागि हाथ फैलाउँनु पर्छ।अरुता अरु क्रमचारिको मृत्यु भयो भने उस्को बिधुवालाई बिदेशी गल्लि गिल्लिमा पिन्शिन थापन जानुपर्छ।हामिलाई सरकारको केफाईदा जो आर्काको देशमा गएर रोजगारको माग गर्नुपर्छ।यसलाई चुनम वा नचुनम जो हाम्रो लागि कुनै काम गर्न सक्दैन त्यो निकम्मा सरकारलाई चुनेर के गर्ने हामिले।आफ्नो मनमर्जिले संसद बिघटन गर्नेहरुले आफ्नै खर्चमा निर्वाचन गराएर देखाउँन।पहिले रोजगारको समस्या अनि देशमा आईपरेको बिदेशी रोघ संघियता को समस्या त छँदैछ अहिले आएर फेरी यो मध्याव्दि निर्वाचनको समस्या थिपिएकोछ।

चर्चामा

सम्बन्धित समाचार