शुक्रबार, बैशाख १४, २०८१

सरकार बेखवर छ

  • शनिबार, माघ १७, २०७७
सरकार बेखवर छ

२०६२-०६३ काे महान जनआन्दोलनकाे माग राजतन्त्रको अन्त्य गणतन्त्र स्थापना ,
युराेपियन युनियन लगायत पस्चिमा साम्राज्यवादि मुलुकहरुले जातिय खाँलकाे
संघियता ,
भारतीय साम्राज्यवादले क्षेत्रिय प्रकारकाे संघियता
तराई हिमाल र पहाड अलग
गराउने षड्यन्त्र
यस्तो भई रहदा सरकार
बेखवर छ ।

१३ वर्षे बालिका निर्मला पन्त बलात्कार पछि हत्या ,
लगायत नाबालिका छाेरिहरु
बलात्कार भई रहदा
अपराधीलाई फुलमाला लगाएर सम्मान ,
हत्या र बलात्कारले सिमा नाघि रहदा
सरकार बेखवर छ ।

बलात्कारि र अपराधीहरु
छाति फुलाएर हिडि रहन्छ ,
जनताको आन्दोलनले फाँसीकाे सजाय दिनु पर्दछ
कानुन बनाउ नारा लगाउछन
सत्ताधारिहरु घाेसित अघाेसि अपराधिहरु बचाउछन
यसैले सरकार बेखवर छ ।

देशकाे सिमा भारत र चिनद्वारा मिचिरहदा यता हाम्रा जङ्गे पिलरहरु गायब हुदा ,
जनताकाे आन्दोलनले देश बचाउने रुपकाे बिकास गरि रहदा ,
राज्यले शक्ति प्रदर्शन गरेर प्रहरि दमन गर्दछ
देश खतम पार्ने यन्त्रले चरमरुप लिई रहदा पनि
सरकार बेखवर छ ।

राज्यमा बसेर सत्ता र शक्तिकाे प्रदर्शन निकै भई रहेकाे छ ,
कुर्चि कै स्वार्थले काेहि सिह दरबार र काेहि सडक दरबार रमाएका छन ,
जनताका आधारभुत समस्या माथि सम्बाेधन भए कै छैनन
विदेशि हस्तक्षेप र चलखेल फेरि पनि चरमरुपमा बढी रहदा
सरकार बेखवर छ ।

विदेशिएका दिन दु:खिहरुले संसारभरिका मुलुकमा दस नग्रा खियाएर रगतलाई पसिनामा साटफेर गरि रहेका छन ,
सङ्गठित शक्ति निर्माण गरेर मताधिकारकाे माैलिक हक , अधिकार मागि रहेका छन
सर्बोच्च अदालतले कार्यन्वयनकाे निर्देशन दिई सक्दा पनि
सरकार बेखवर छ ।

चर्चामा

सम्बन्धित समाचार