मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • जगन्नाथमा शहिद दिवसको अवसरमा हाँजिरी जवाफ र नृत्य प्रतियाेगिता कार्यक्रम सम्पन्न

जगन्नाथमा शहिद दिवसको अवसरमा हाँजिरी जवाफ र नृत्य प्रतियाेगिता कार्यक्रम सम्पन्न

  • शुक्रबार, माघ १६, २०७७
जगन्नाथमा शहिद दिवसको अवसरमा हाँजिरी जवाफ र नृत्य प्रतियाेगिता कार्यक्रम सम्पन्न

बाजुरा — बाजुरा जिल्लाकाे जगन्नाथ गाँउपालिका शिक्षा शाखाको आयोजनामा गाँउपालिकाको केन्द्र जुड्डीमा शहिद दिवसको अवसर पारेर गाँउपालिका भित्रका प्रा.वि स्तरीय हाँजिरी जवाफ कार्यक्रम नि.मा.वि.र मा.वि स्तरीय नृत्य प्रतियोगिता आयोजना गरिएकाे छ । उक्त कार्यक्रमको अध्यक्षता गाँउपालिका अध्यक्ष काली बहादुर शाही प्रमुख अथिति उपाध्यक्ष ऐना गिरी र प्रमुख प्रशासकिय अधिकृत विनोद प्रशाद गैरे रहेका थिए ।

Image may contain: 2 people, people standing, people on stage, people dancing and outdoor, text that says 'REDMI NOTE 9 AI QUAD CAMERA'

कार्यक्रममा पालिका भित्रका १६ वटा विद्यालयले सहभागिता जनाएकाे जगन्नाथ गाउँपालिकाका राेजगार संयाेजक लक्ष्मण जाेशीले जानकारी दिएका छन । कार्यक्रममा विद्यालयका शिक्षक अभिभावक र वालवालिका उल्लेख उपस्थिति रहेको जाेशीले बताए । कार्यक्रममा  हाँजिरी जवाफ प्रतियोगितामा   १५ वटा विद्यालय सहभागी रहेका थिए जसमा प्रथम स्थान – महादेव आधारभुत विद्यालय मनिकाँडा, द्धितय स्थान – भवानी आभारभुत विद्यालय पैंगाउ, तृतिय स्थान – वालविकास आधारभुत विद्यालय तल्लो हुनी रहेका थिए ।  हाँजिरी जवाफमा प्रथम २ हजार  द्धितिय १ हजार  र तृतिय पुरुस्कार  ५ सय रूपैया रहेकाे गाउँपालिकाले जनाएकाे छ र

No photo description available.

त्यसै गरी अर्काे कार्यक्रम नृत्य प्रतियोगितामा  – ६ वटा विद्यालय सहभागी रहेका थिए जसमा  प्रथम स्थान – सरस्वति मा.वि.ढाडाकोट, द्धितय स्थान – कैलास मा.वि महति र  तृतिय स्थान – वालविकास आधारभुत विद्यालय तल्लो हुनी रहेकाे राेजगार संयाेजक जाेशीले बताए । नृत्य प्रतियोगितामा पुरस्कार राशी   प्रथम ५ हजार  द्धितिय ४ हजार र तृतिय पुरुस्कार ३ हजार रूपैँया  रहेकाे जनाएकाे छ

कार्यक्रममा सहभागी सम्पुण विद्यालयलाई शैक्षिक सामाग्री र स्थान हाँशिल गर्ने विद्यालयलाई प्रमाण पत्र र पुरुस्कार गाँउपालिका अध्यक्षले बितरणा गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार