शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • पर्यटन
  • मुख्यमन्त्रीसहित ३ मन्त्री हेलिकोप्टरमार्फत खप्तडमा, खप्तड ‘हेली टुर प्याकेज’ उद्घाटन

मुख्यमन्त्रीसहित ३ मन्त्री हेलिकोप्टरमार्फत खप्तडमा, खप्तड ‘हेली टुर प्याकेज’ उद्घाटन

  • बुधबार, माघ १४, २०७७
मुख्यमन्त्रीसहित ३ मन्त्री हेलिकोप्टरमार्फत खप्तडमा, खप्तड ‘हेली टुर प्याकेज’ उद्घाटन

सुदूरपश्चिम प्रदेशको पर्यटकीय स्थल खप्तड घुम्न ‘हेली टुर प्याकेज’ शुभारम्भ भएको छ। बुधबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले ‘हेली टुर प्याकेज’ को उद्घाटन गरेका हुन।

खप्तडको प्रवेशद्वार झिग्रानामा रहेको ‘खप्तड होमस्टे’ को आयोजनामा सुरु भएको उक्त ‘हेली टुर प्याकेज’ को शुभारम्भ गर्न मुख्यमन्त्री भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टसहित झण्डै २० जना खप्तड पुगेका छन्।

हेलिकोप्टरमार्फत खप्तड घुम्नका लागि ५ किसिमका प्याकेज रहेको खप्तड होमस्टेका सञ्चालक दिपक बहादुर खड्काले बताए। धनगढी, दिपायल, झिग्राना, बझाङ र अछामबाट खप्तड घुम्नका लागि छुट्टाछुट्टै प्याकेज ल्याइएको उनले बताए।

‘हेली टुर प्याकेज’ यही माघ १४ गतेदेखि १८ गतेसम्म रहनेछ। प्याकेजमा दुईतर्फी हेली टिकट हुने बताइएको छ। पर्यटकलाई खप्तडमा घुम्न र फोटो खिच्न कम्तीमा आधा घण्टाको समय दिइने ‘खप्तड होमस्टे’ले जानकारी दिएको छ।

चर्चामा

सम्बन्धित समाचार