शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • देशको तिमिहरुनै दोशि छौ

देशको तिमिहरुनै दोशि छौ

  • मङ्लबार, माघ ६, २०७७
देशको तिमिहरुनै दोशि छौ

सत्ताको त्यो लोभले तिमहरुलाई जुटाएको हो,
त्यहि लाछि पनले अहिले पनि त फुटाएको हो।

कसलाई भयो फाईदा तिमि आपसमै फुटेपछि,
एक्ला एक्लै यो समयले दुबैलाई छुटाएको हो।

अब सपना पनि नदेखे त्यही बल आउँला भनी,
आफ्ना आफ्ना बानि र ब्यहोराले लुटाएको हो।

पचाउँन सकेनौ यति ठुलो जनमत तिमिहरु ले,
तिम्रै अहेङ्कार छता छुल्ल भएर कुटाएको हो।

न दोश जनताको न देशको तिमिहरुनै दोशिछौ,
दुईटै को पद लोलुप्ताले साख बाट टुटाएको हो।

चर्चामा

सम्बन्धित समाचार