बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • चाडैं कोल्टिमा बिशेषज्ञ चिकित्सक सेवा सञ्चालन गर्छौ, नगरप्रमुख गिरी

चाडैं कोल्टिमा बिशेषज्ञ चिकित्सक सेवा सञ्चालन गर्छौ, नगरप्रमुख गिरी

  • शुक्रबार, माघ २, २०७७
चाडैं कोल्टिमा बिशेषज्ञ चिकित्सक सेवा सञ्चालन गर्छौ, नगरप्रमुख गिरी

बाजुरा–बुढिनन्दा नगरपालिका नगरप्रमुख पदम कुमार गिरीले चाडै कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रबाट बिशेषज्ञ चिकित्सक सेवा सञ्चालनमा ल्याउने बताएका छन् । बडिमालिका खबर सँगको कुराकानीमा गिरीले भने बिशेषज्ञ सेवा सञ्चालनका लागि कर्णाली स्वास्थ्य प्रतिष्ठान सँग शुक्रवार सम्झौता गरेको वताए ।
गिरीले थपे अब हामीले पुर्वाधार र आबश्यक साम्रागि जुटाउने हो, चिकित्सक तथा जनशक्तिको ब्यबस्थापन कर्णाली स्वास्थ्य प्रतिष्ठानले गर्ने भएको गिरीले बताए । पटक पटक प्रतिष्ठान सँग पहल गर्दा उहाँहरुको टिम कोल्टिमा आएर सम्झौता गर्न सफल भएका छौ, जनतालाई स्वास्थ्य सेवा दिने गिरीले वताए । यो बाजुराको स्वास्थ्य क्षेत्रमा ठुलो सफलता भएको उनले वताए ।
शुक्रवार कर्णाली स्वास्थ्य प्रतिष्ठानका उपकुलपति डा.राजेन्द्रराज वाग्ले र बुढिनन्दा नगरपालिका नगरप्रमुख पदम कुमार गिरी बिच कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा दिने गरि लिखित सम्झौता भएको छ । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा कर्णाली स्वास्थ्य प्रतिष्ठानले आबश्यक दक्ष स्वास्थ्यकर्मीको ब्यबस्थापन गर्ने र अन्य टेक्निल तथा ब्यबस्थापन नगरपालिकाले गर्ने गरि सम्झौता भएको कर्णाली स्वास्थ्य प्रतिष्ठानका उपकुलपति डा.राजेन्द्रराज वाग्ले वताएका छन् ।
उपकुलपति वाग्ले सँगै प्रतिष्ठानका निर्देशक डा.धर्मराज गोसाइ सहित ७ जनाको टोलि बुढिनन्दा नगरपालिकामा पुगेको थियो । कोल्टि प्राथमिक स्वास्थ्यमा तत्काल डा.सुर्यमान लिम्बु र डा. निराजन महासेठले आबश्यक पुर्वाधारको ब्यबस्थापन अध्ययन गरेर प्रतिबेदन तयार गर्ने भएका छ । सम्झौता शुरु भएको मिति बाटनै काम गर्ने शुरु भइसकेको छ, पहिला पुर्वाधारको ब्यबस्थापन हुन्छ, लगत्तै सेवा सञ्चालन गर्ने उपकुलपति डा.राजेन्द्रराज वाग्ले वताएका छन् ।
मानव ब्यबस्थापन कर्णाली स्वास्थ्य प्रतिष्ठानले गर्ने हो, अन्य पुर्वाधार तथा ब्यबस्थापन चाडै नगरपालिकाले गरेर सेवा दिने नगरप्रमुख गिरीले बडिमालिका खबरलाई बताएका छन् । उहाँहरुको के के सुधार आबश्यक छ, भनेर प्रतिबेदन तयार गर्छन्, त्यहि अनुसार ब्यबस्थापन गर्ने उनले थपे । उपकुलपति वाग्लेले भने जिल्ला अस्पताल भन्दा माथिल्लो तहको सेवा दिने तयारी भइरहेको बताए । आकस्मिक प्रसुति सेवा चाडै सञ्चालनमा ल्याउने र अन्य बिशेषज्ञ चिकित्सकेको आबश्यकता अनुसार चाडै ब्यबस्थापन गर्ने वताएका छन् ।
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक ५० भन्दा बढि बिरामी आउने गरेका छन् । बाजुरा मात्र नभई हुम्ला, मुगु र कालिकोट बाट बिरामी आउने गरेका छन् । एक महिनामा ३० जना भन्दा बढि सुत्केरी सेवा लिन आउने गरेका छन् । आकस्मिक प्रसुति सेवा कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा नहुदा जटिल सुत्केरीलाई हवाइ उद्धार गर्नुपर्ने बाध्यता रहदै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार