शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • खेलकुद
  • प्रिन्स दाहाल विश्व वरियताको तेस्रो स्थानमा

प्रिन्स दाहाल विश्व वरियताको तेस्रो स्थानमा

  • शुक्रबार, माघ २, २०७७
प्रिन्स दाहाल विश्व वरियताको तेस्रो स्थानमा

काठमाडौं —  नेपालका उदियमान खेलाडी प्रिन्स दाहाल विश्व व्याडमिन्टन महासंघले निकालेको जुनियरतर्फको नयाँ वरियताक्रममा तेस्रो स्थानमा उक्लिएका छन् । यु–१९ तर्फ प्रिन्स तेस्रो स्थानमा उक्लिएका हुन् । गत डिसेम्बरमा उनी विश्व वरियतामा ११ औं स्थानमा थिए ।

जुनियरतर्फ डेनमार्कका म्याड्स जुयल मोलर १३,५५० अंकसहित पहिलो स्थानमा छन् । त्यस्तै, भारतका वरुन कपूर १३,१५० अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानका दाहालको १०,४०० अंक छ । इङल्यान्डका इथान रोस १०,०६० अंकसहित चौथो र मलेसियाका एचओएच जस्टिन ९,५९० अंकसहित पाँचौ स्थानमा छन् ।

चर्चामा

सम्बन्धित समाचार