शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • संवैधानिक इजलासमा न्यायाधीशको सहभागितामा फेरि पनि समस्या

संवैधानिक इजलासमा न्यायाधीशको सहभागितामा फेरि पनि समस्या

  • बुधबार, पुस २९, २०७७
सेयर गर्नुहोस् :
संवैधानिक इजलासमा न्यायाधीशको सहभागितामा फेरि पनि समस्या

प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिट हेर्नका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाले गठन गरेको संवैधानिक इजलास गठनमा फेरि पनि समस्या देखिएको छ । अघिल्लो बुधबारको संवैधानिक इजलासबाट हरिकृष्ण कार्कीले बाहिरिने निर्णय गरेपछि प्रधान न्यायाधीश राणाले कसलाई सहभागी गराउलान् भन्ने चासो थियो ।

वरिष्ठता क्रममा दुई नम्वरमा रहेका दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत हुँदाहुँदै राणाले सपना प्रधान मल्ललाई संवैधानिक इजलासमा सहभागी गराएका छन् ।

मल्ल पूर्व नेकपा एमालेको समानुपातिक कोटाबाट संविधानसभा सदस्य भइसकेकी छन् । हरिकृष्ण कार्की विवादमा आएर संवैधानिक इजलासमा नबस्ने निर्णय गरिसकेपछि पनि राणाले त्यसबाट सबक नसिकेका एक जना वरिष्ठ अधिवक्ताले रातोपाटीलाई बताए । प्रधान वरियतामा १० औं नम्बरमा पर्छिन् ।

चर्चामा

सम्बन्धित समाचार