बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • देशको अबस्था सँग खेलवाड नगर

देशको अबस्था सँग खेलवाड नगर

  • बुधबार, पुस २९, २०७७
देशको अबस्था सँग खेलवाड नगर

सुरेशकुमार पान्डे।
मलाई थाहाछ हामि राजतन्त्रको बिरुद्धामा लामू समय सम्म शंघर्ष गय्रौँ।जनताको घर-घरमा राजतन्त्रको बिरोध गर्ने कारण र हाम्रो उदेश्यको बारेमा दिनरात एक गरेर सम्झायौँ।कतै नाचेर,कतै गाएर कतै भाषण गरेर जे जसरी भयपनि गर्न सकेको गर्दै जनता लाई जगायौँ।
देशको बिकास नहुँनुमा राजतन्त्र जिम्मेवारछ भन्दै एक एक जनतालाई बुझायौँ।तर आज राजतन्त्र देशबाट गयको चौध बर्ष बिति सक्दा पनि देशले निकास पाउँन सकेन।नेताहरु ता जनताको माझबाटनै छानिएका हुँन,यसमा कसलाई दोश लगाउँने?अब जनताको माझमा कार्याक्रता के भन्न जाने?जनता आक्रोशित छन।
हामिले राजालाई फालेपछि कत्तिको राम्रो काम गरेर देखायौँ ति कामहरु बताउँनु पय्रो।यद्यापि राणा र राजाले राम्रो काम गरेनन त्यो प्रष्टैछ तर बहुदलिय ब्यबस्थामा के-के जनपक्षिय कार्याहरु भय के देशको हितमा भयो त्यो त बताउँनै पय्रोनि।
देशमा भ्रष्टचार,महिङ्गीमा कत्तिको अंकुश लाग्यो,कत्ति जलबिधुत निर्माण भए,कति देशका युवाहरुले देशमा रोजगार पाए।आखिर केहिता लेखा-जोखा होल नेताहरु सँग ति सार्वजनिक गर्नु पय्रो।
बिस.२०४६साल देखि यताको ३१बर्ष तेशमा लुटमार गृहयुध्द,हजारौँ युवाहरुको बलि चडायियो,देशलाई सात टुक्रामा बिभाजित गरियो।महेङ्गिले आकास छोयो,देशको आर्थिक स्तिर खस्यो र देश गरिबी रेखाको तल झय्रो।यहि भन्दै जनतामा भोट माग्न जानुपर्छ।त्यो मात्रै होईन जनताले पालेको भालेमा कर बाख्राको पाठामा कर,साग सब्जिमा कर यो सबै जनतालाई दिएको तोफाहो।किनकी जनताले शंघर्ष गरेर प्राणको बदलामा ल्याएको बहुदलिए ब्यबस्था हो यो।
मान्ननिय प्राधानमन्त्रि ज्युले भनेको जस्तो आफ्नो सरकार अनिर्णयको बन्दि भयो काम गर्न सकिएन,देशको भबिश्य खतरामा थियो त्यसैले मैले संसद बिघटन गरेर जनतामा जाने निर्णय गरेँ भने जस्तै भनेर कार्याक्रता जालान यो कुरा बिस्वास योग्यछ त?कत्ति छैन।जति बेला ओलि र प्रचण्डको एकता भयको थियो त्यो बेलाको हाम्रो स्टेस हेरौँ हामिले त्यो एकतालाई बालुको डल्लो भनेकाछौँ उनिहरु बिचको अमेल एकताले अहिलेको अबस्था आउँनेनै थियो।किन कि उनिहरुको एकता सैध्यान्तिक थिएन।उनिहरुको एकता त सत्तामा पुग्न थियो,आलो पालो प्रधान मन्त्रिको स्वादलिने मन्त्रिको पदमा बसेर ऐयासि गर्ने। त्यो पदलोलुपताले गर्दानै अहिले दुई तिहाई को सरकार सदन बाट सडकमा आएकोछ।उनिहरु जुट्दा पनि जनता र देशको हितमा जुटेनन फुट्दा पनि जनता र देशको हितमा फुटेको होईन।
अहिले नेताहरुले एक आर्कामा हिलो छ्याप्ने काम धमा धम भयकोछ।कयौँले ओलिलाई कम्युनिष्टनै होईनन् भनेकाछन,उनि जनमजात कम्युनिष्ट नभयको भन्छन।धन्यावादछ उन्लाई जस्ले सच्चाई पस्के तर के साँच्चै आफु कम्य्युनिष्ट को जगमा उभिएर ओलिलाई कम्युनिष्टनै नभयको भनेकाछन त?उनि कम्युनिष्ट हुन?उनिहरु कम्युनिष्ट भयको भय त आलोचना पनि त्यहि रुपमा हुन्थ्योहोला।दुबै एकैनासे भयर एकले आर्काको खुल्लम खुल्ला बिरोध र भण्डाफोर्ड गर्दैछन।आर्का तिर ओलिले आफुले अहिलेको चुनावमा पुरा बहुमत लिएर सरकार बनाउँने बताउँछन।आफ्नो पार्टिको झण्डामा समेत उन्को अधिकार खोसिदैछ।अहिले त्यो चुनाउँ चिन्ह समेत हात पार्न ओलिलाई सारो भयको अबस्थाछ।उन्ले आम निर्वाचनमा बहुमत ल्याउँने कुरा गर्छन।अब आफ्नो हाथबाट सत्ता निसक्यो उपाया छैन।
ओलिले अबिस्वाशको प्रस्ताबको सामना गरेको भए साहेद अलि साहनुभुति पाउँथे होलान तर अहिले उन्ले संसद बिघटन जुन सुकै अबस्थामा गरेको भएपनि त्यो गैर सम्बैधानिक अप्रजातान्त्रिक पद्धतिहो।यो अबस्थामा उनि जनताको नजरबाट खसेकाछन।
अहिले देशभित्र हिन्दुवादीहरुको जुन चहल पहल देखिन्छ यसलाई छिमेकीको र प्रतिगामि दुबैको सहयोगछ,त्यसका साथै बिस्व हिन्दु परिषदको र मधेशवादी दलको समेत समर्थन पाएकोछ।देशमा नेपाली काँग्रेसको भारत प्रस्तनीति,मधेशवादी दलको भारत प्रस्त नीति भयको प्रस्टैछ।राजावादीहरु राप्रपा,लगायतका पार्टीहरुको धर्मनिरपक्षताको बिरुद्धमा हिन्दु धर्मको पक्षमा ईनिहरु बिच एकता अनिबार्या हुँनेछ।प्रचण्डले पहिलेई नेपाली काँग्रेशसँग चुनावी एकता गर्ने र अहिलेको जीत नेपाली काँग्रेशको हुँने भनि सकेकाछन।यो अबस्थामा ओलिले को को सँग चुनावी एकता गर्छन त्यो अंझै प्रष्टछैन।
देशलाई बिदेशी शक्तिले घेरेको अबस्थाछ,यो बेलामा बिघटित संसदको पूर्नवहालि गरेर जानुपर्छ।तर अहिले मुद्धा सर्वोच्चमा भयकोले यस बारे के कस्तो फैसला आउँछ त्यो फैसलापछि देशको राजनीति चहल पहल केकस्तो हुँनेछ त्यो अहिलेई भन्न उचित हुँनेछैन।तर अहिले यत्ति भन्नु अशान्द्रभिक नहोला देशमा धर्म निरपक्षा र गणतन्त्रलाई ठुलो खतराछ।आर्को अहिले मिडियामा ओलिको झि न्यूजको प्रवचनलाई लिएर बडि प्रचारबाझि भयकोछ।यति बेला ओलिले भारतिय ब्यबहारको जुन नाटकिय अन्दाजमा बिरोध गरेकछन यो उन्को चुनावी स्टैण्ड हुँन सक्छ।खास गरेर ओलिले संसद बिघटन भारतिए उच्च अधिकारि “रअ”प्रमुक र सेना प्रमुकख लागायतका सँग भेट बार्ता पछि संसद बिघटन गराएर बैसाखमा चुनाव गराउँने प्रस्ताब राखेका हुँन।त्यो गर्दा उनि भारतिय ईसारामा पनि गर्न सक्छन!अहिले मैले हानेको जस्तो गर्छु हजूर रोएको जस्तो गर्नुश भनेर छिमेकि सँग सौदा भयकोपनि त हुँन सक्छ।उन्ले काला पानी र लिपुलेख लिम्पियाधुराको जमिन लाई नक्सामा राखेपछि त्यो जमिन लाई दाबा गर्न रोक लगाएकाछन।पाठ्यापुष्तकमा राख्न रोक लगाएकाछन।यस्ता याबत ब्यबहारले ओलिको अहिले झि न्यूजलाई दिएको साक्षेतकार एक प्रकारले ढोँग पनि हुन सक्छ भन्ने संका गर्ने ठाउँछ।त्यसो नहौश तर उन्को बिचार र ब्यबहारमा कयौँपल्ट फरक हुँदै आएकोछ।उनैले टनकपुर शंन्धिराई राष्ट्रघाती भन्दै त्यहि टनकपुरलाई पारित गराउँन आफ्नै कार्याक्रता लाई घेरामा राखेका थिए।त्यसले गर्दा जनता यस्ता ढोँगि बिचारको सिकार नबन्नु देश सँग खेलवाड गर्ने जुन सुकै नेताको पनि भण्डाफोर्ड र खबरदारी गर्दै जानुपर्छ।अहिले देशभक्त र गणतान्त्रिक शक्तिहरुको एकजुटता अनिबार्यछ।

चर्चामा

सम्बन्धित समाचार