मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाद्धारा बिभिन्न सरकारी तथा गैर सकारी संस्थालाइ प्रशंसा पत्र सहित सम्मान

बडिमालिका नगरपालिकाद्धारा बिभिन्न सरकारी तथा गैर सकारी संस्थालाइ प्रशंसा पत्र सहित सम्मान

  • मङ्लबार, पुस २८, २०७७
बडिमालिका नगरपालिकाद्धारा बिभिन्न सरकारी तथा गैर सकारी संस्थालाइ प्रशंसा पत्र सहित सम्मान

बाजुरा —  बाजुरा जिल्लाकाे बडिमालिका नगरपालिकाले काेभिट १९ र बर्षाकाे समयमा गएकाे बाढि पहिराेमा सहयाेग गरेकाे भन्दै बडिमालिका नगरपालिकाले बिभन्न  तवरबाट सहयाेग गर्ने  सरकारी तथा गैरसरकारी संस्था, संचारमाध्याम बिद्यालयहरू लागयतलाइ सम्मान गरेकाे छ । गत बर्ष चैत ११ गते देखि भएकाे लकडाउन काेभिट १९ काे बेला र गत साउनमा अबिरल बर्षासंगै भएकाे बाढि र पहिराेका बेला बिभिन्न निकायले  उल्लेख्य भुमिका निर्बाह गरेकाे भन्दै नगरपालिकाकाे ८ अाैँ नगरसभाबाट सम्मान गरेकाे हाे ।

बडिमालिका नगरपालिकाे अाठाैँ नगर सभाकाे निर्णय सार्बजनिकिकरण तथा काेभिट १९ रबिपत सुरक्षा एबं सम्मान कार्यक्रमकाे अायाेजना गरि साे सम्मान गरिएकाे नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताएका छन । जिल्लामा अबस्थित गैर सरकारी संस्था नेपाल प्रहरी नेपाली सेना ससस्त्र प्रहरी वल स्वास्थ्य सस्था लागयतका बिभिन्न निकायहरूलाइ अागामी दिनकाे सहयाेग अपेक्षा र यस अघिका दिनमा गरेकाे सहयाेगलाइ मनन गर्दै नगर सभाबाट सम्मान गरेकाे नगर प्रमुख बडुवालले बताएका छन् ।

नगरपालिकाले कोभिड– १९ को महामारी तथा बाढी पहिरोको विपदको बेला विभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्ती तथा संस्थालाई प्रशंसा पत्र सहित सम्मान गरेको नगरपालिकाले जनाएको छ ।
कोभिड– १९ को महामारीको बेला क्वारेन्टीन निर्माण तथा व्यवसथापन गर्ने विद्यालय तथा अन्य निकाय, सुचना प्रवाह गर्ने संचारमाध्याम, स्वास्थ्य उपचार गर्ने स्वास्थ्य संस्था, तथा विपदको बेला राहात प्रदान गर्ने सहयोगी निकाय, समन्वय गर्ने सरकारी तथा गैरसरकारी कार्यालय , हाेटल ब्यबासायी बजार ब्यबस्थापन समिति लगायत सम्पुर्ण सहयोगी निकायलाई प्रशंसा पत्र सहित सम्मान गरेको नगरप्रमुख  बडुवालले बताए ।

कार्यक्रममा जिल्ला सरकारी तथा गैर सरकारी संस्थाहरूले पनि काेभिट १९ का बेला गरेकाे उल्लेखनिय कार्य गरेवापत सम्मान गरेकाे बडिमालिका नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रङ्गमल बिकले बताएका छन् । त्यसै गरि काेभिट १९ का बेला काेराेना महामारीका बिच क्वारिन्टाईन बनाएका बिद्यालयहरूलाई पनि सम्मान गरेकाे छ ।
बडिमालिका नगरपालिका नगर प्रमुख पदम बडुवालकाे अध्यक्षतामा संचालन भएकाे कार्यक्रममा नगर उपप्रमुख कबिता बिष्ट प्रमुख  जिल्ला अधिकारी कृष्ण गैह्रे लागायत अथिति रहेकाे कार्यक्रमकाे संचालन प्रमुख प्रशासकिय अधिकृत रंगमल बिकले संचालन गरेका थिए । साे कार्यक्रम बडिमालिका नगरपालिकाकाे शभाहलमा संचालन भएकाे थियाे ।

बडीमालिका नगरपालिकालाइ सहयोग गर्ने निकाय र व्यक्ति

https://badimalikakhabar.com/wp-content/uploads/2021/01/%E0%A4%AC%E0%A4%A1%E0%A5%80%E0%A4%AE%E0%A4%BE%E0%A4%B2%E0%A4%BF%E0%A4%95%E0%A4%BE-%E0%A4%A8%E0%A4%97%E0%A4%B0%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B2%E0%A4%BE%E0%A4%87-%E0%A4%B8%E0%A4%B9%E0%A4%AF%E0%A5%8B%E0%A4%97-%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%87-%E0%A4%A8%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%AF-%E0%A4%B0-%E0%A4%B5%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%BF.pdf

चर्चामा

सम्बन्धित समाचार