शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • स्वास्थ्य सेवा विभाग र अस्पतालका ५ निर्देशकको जिम्मेवारी हेरफेर, को कहाँ ?

स्वास्थ्य सेवा विभाग र अस्पतालका ५ निर्देशकको जिम्मेवारी हेरफेर, को कहाँ ?

  • सोमवार, पुस २७, २०७७
स्वास्थ्य सेवा विभाग र अस्पतालका ५ निर्देशकको जिम्मेवारी हेरफेर, को कहाँ ?

काठमाडौं— स्वास्थ्य सेवा विभाग र अस्पतालका ५ निर्देशकको जिम्मेवारी हेरफेर भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मन्त्रीस्तरीय निर्णय गर्दै विभागका र अस्पतालका निर्देशकको जिम्मेवारी हेरफेर गरेका हुन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक बासुदेव पाण्डे स्वास्थ्य मन्त्रालयमा तानिएका छन् भने कान्ति बाल अस्पतालका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेललाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा ल्याइएको मन्त्रालयले जनाएको छ ।

उता कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी डाक्टर आरपी बिच्छालाई दिइएको छ । स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखामा डाक्टर मदन उपाध्यायलाई पठाइएको छ भने डाक्टर रमेश खरेललाई विभाग अन्तर्गत रहने गरी जिम्मेवारी तोकिएको छ ।

चर्चामा

सम्बन्धित समाचार