शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाको आठौँ नगरसभाबाट ८ ओटा कार्यबिधि पास (भिडियाे सहित )

बडिमालिका नगरपालिकाको आठौँ नगरसभाबाट ८ ओटा कार्यबिधि पास (भिडियाे सहित )

  • सोमवार, पुस २७, २०७७
बडिमालिका नगरपालिकाको आठौँ नगरसभाबाट ८ ओटा कार्यबिधि पास (भिडियाे सहित )

बाजुरा — बाजुरा जिल्लाको बडिमालिका नगरपालिकाको आठौँ नगरसभाबाट ८ ओटा कार्यबिधी तथा निर्देशिकाहरु पास गरेको छ । सातौँ नगरसभा पश्चात कार्यपालिका बैठकबाट स्वीकृत गरी आजको शभाबाट ८ ओटा कार्यबिधी पास गरेको छ ।
समृद्ध नगर खसी नगरवासी भन्ने मुल नाराका साथ नगरपालिकाको हलमा संचालन भएको नगरसभाले बडिमालिका नगरपालिका पत्रकार कल्याण कोष स्थापना तथा सञ्चालन निर्देशिका, घरबहाल कर सम्बन्धी कार्यबिधी बडिमालिका नगरपालिका सुचना तथा अभिलेख केन्द्रको स्थापना तथा संचालन सम्बन्धी कार्यबिधी, बडिमालिका नगरपालिकाको सार्बजनिक जवफदेहीता प्रबद्धन सम्बन्धी कार्यबिधी, मेलमिलाप केन्द्र संचालन कार्यबिधी, लैङिक हिंसा निवाकरण्को संचालन तथा ब्यबस्थापन कार्यबिधि कक्षा ८ को परिक्षा संचालन तथा ब्यबस्थापन कार्यबिधि र उर्जा उपसमिति गठन तथा संचालन कार्यबिधिहरु नगर सभाले पारीत गरेको जनाएको छ ।
त्यसै गरी २०७७ पौष २० गतेको कार्यपालिका बैठकको निणर्य अनुसार मार्तडीमा रहेको क्रेटर जोन एकेडेमीलाई कक्षा ११ थपका लागि अनुमती दिने कार्यपालिकाको प्रश्तावलाई पनी शभामा पेश गरिएको नगरपालिकाले जनाएको छ ।  उर्जा नीती २०७६ अनुमोदन, सातौ नगर सभापश्चात नगरपालिकाबाट भएको खर्चको अनुमोदन र बिकाश साझेदार कोभिट १९ ब्यबस्थापन तथा बाढि पहिरोमा सहयोग गर्ने निकाय र ब्यक्तीलाई धन्यबाद ज्ञापन समेत गरेको नगरपालिकाका सुचना अधिकारी बिर बहादुर बिष्टले बताएका छन ।

त्यसै गरी बडिमालिका नगरपालिकाको आठौँ हिउँदे नगरसभाबाट सदरमुकाम मार्तडी स्थित क्रियटर जोन एकेडेमीलाई कक्षा ११ थपका लागि अनुमती दिने र उर्जा निती २०७६ पनि पारित गरेको साथै आठौँ नगरसभाले सातौँ नगरसभा पश्चात नगरपालिकाबाट भएको खर्च विवरण पनि प्रस्तुत गरिएको थियो ।
नगरप्रमुख पदम बडुवालको अध्यक्षतामा संचालन भएको नगरसभामा नगरउपप्रमुख कविता बिष्ट, नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधि, लगायत सम्पुर्ण कर्मचारी, पत्रकारको सहभागिता रहेको थियो । नगरसभा कार्यक्रमको संचालन प्रमुख प्रशासकिय अधिकृत रंगमल विकले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार