शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • ओलि घेरा बनन्दिमा छन की देश ?

ओलि घेरा बनन्दिमा छन की देश ?

  • सोमवार, पुस २७, २०७७
ओलि घेरा बनन्दिमा छन की देश ?

प्रधान मन्त्रि ओलिले पटक पटक दौराउँदै आएकाछन उन्ले संसद बिघटन गर्नु बाध्याता थियो।सरकार अनिर्णयको बन्धि बनेको र देश र जनताको हितका काम हुँन नसकेको आफ्नै सरकारमा आफै घरेबन्दिमा परेको बताउँदै आएकाछन।तर ओलि घेरा बन्दिमा छन कि देश घेरा बन्दिमा परेकोछ?यो बिषयलाई देशभित्रका तमाम बुद्धिजिवि देश भक्त र यो देशका नागरिकले बुझ्नुपर्ने नितान्त जरुरीछ।
अहिले देशमा उन्ले देश र जनताको हितमा ल्याउँन खोजेको र अर्को गुटले नमानेको त्यो के मुद्धा हो त्यो भन्न किन सकेका छैनन्।उन्ले सन १९५०को भारत नेपालको मैत्रि सन्धिको पुर्नमुल्याङ्कनका कुरा उठाएका र भारतले मानेका बिषय बस्तु पनि चिसो बाक्सामा सेलायो।काला पनी लिम्पियाधुरा र लिपुलेखको बारे बिबाद पछिको निशानछाप नक्सा मा उक्त भुभाग सामिल गरेर नक्सा निकालेको भयपनि त्यसमा पाठ्यापुष्तकमा समाबेश गर्न सार्वजनिक गर्न समेत रोक लगाएर भूमि फिर्ता लिनु त कताहो कता उन्ले कुनै पहेल नगर्ने निर्यण गरेर छिमेकिलाई गुन लगाए।चीन बाट पानी जहाज र रेल ल्याउँने भन्दै उखान र टुक्का हाल्ने प्रधान मत्रि मोदयले एका एक भारतिय गुप्तचरका पर्मुख साबन्त कुमार सँग भेटेपछि सबै उखान र टुक्कालाई छाडेर संसद समेत बिघटन गरे, तर उन्ले भारत तिर रुख गरेको अलि पहिलेनै हो।जब उन्को मोदी सँग फोन मा कुराहरु भय त्यसपछि ओलीको नजर चीनको गेट बाट फर्केर दिल्लि गेट तिर लागेको थियो।त्यस पछि बिस्तारै उन्को भारतका नेता खास गरेर “रअ”प्रमुख,भारतिय सेनाको अध्यक्ष मनोज मुकन्द नरवाणे लगायतका सँग भेट बार्ता हुँदै आएको थियो।छिमेकी लाई यो भन्दा फाईदा कसरी हुनसक्थ्यो?
कुनै पनि छिमेकी राष्ट्रको कुटनीति पहल हुन्छनै सबै हामि जस्तो लाटो त पक्कैपनि हुँदैनन! आफ्नो देशको फाईदा केमा हुन्छ त्यसबारेमा भारत सचेत थियो।उस्ले नेपालले जे भनेपनि सुनिरह्यो तर बोलेन उ मौकाको तलासमा थियो।कसैले पनि आफ्नो सामुन्यको ब्याक्तिमा भयको कम्जोर पक्षको अड्कल लगाउँछ उस्ले पनि त्यहि गय्रो।पुँजिवाद भित्र राजनीतिक भनेको नै दाउँ पैच हो।अहिले उस्ले अलि गहिरो चाल चल्यो र बेग्ला बेग्लै नेताहरुलाई लोलि पाप दिन थाल्यो।तर पनि ब्यबहार र उदेश्य भने उस्तै हो।हाम्रो देशका नेताहरुलाई सत्ता र भत्ता बाहेक आर्को केहि सुझ्दैन यसैको फाईदा उठाएर दुई तिहामा बनेको सरकारलाई टुक्राउँन सफल भयो।अब यो संसद पुर्नबहाली भयपनि त्यति बलियो हुँदैन चुनाव भयो भने चुनावकै माध्यायम बाट आफ्नो कटपत्लि सरकारलाई सरकारमा बसालेर आफ्नो स्वार्थ पुरा गर्ने प्रयात्न छिमेकिको छ।यिनिहरुले आफ्नै देशको बिपक्षलाई उठ्नै नसक्ने गरि पक्षारेका हुँन मात्र नोट बन्दिको फर्मुला लागुगरेर मोदि सरकारले बिपक्षलाई आर्थिक स्तरबाटनै उस्का प्वाँखहरु काट्न सफल भयको थियो।हाम्रो लागि यो भन्दा त्यो खतरा अहिले नभयपनि कम भने पक्कैछैन,
चीनको पनि सके सम्म नेपाली भुमिमा आफ्नो दबाब बनाउँन पाए खुसिनै हुन्छ।नेपाल भारत र चीनको माझमा अबस्थित देशहो जस्लाई दुबै देशले आफ्नो खेलौना सम्झिएकाछन।नेपाल संसारको भूपरिबेष्ठित देश मध्यको हो तर पनि कुनैन कुनै दवाबमा देशलाई अन्तराष्ट्रीय पाउँनु पर्ने नैसंगिक अधिकार मिल्न सकि राखेकोछैन।
भारतलाई अमेरिकी साम्राज्यावाद समेतको यसमामिलामा सहयोग मिल्न सक्छ त्यसैको परिणमा एम सिसि हो। जस्को माध्यायम बाट चीनलाई घेर्न र नेपालको भूमिलाई प्रयोग गरेर चीनलाई आकार्मण गर्न सजिलो हुँनेछ।त्यो उदेश्यले नेपालमा एम सिसि अनुदानको रुपमा आयको थियो।नेपाल एउटा असलङगन राष्ट हुँदा हुँदैपनि त्यो एम सिसि भित्राएर चीनको बिरुद्धाम उभ्याउँन खोजियो।
जस्को बोर्ड आफ डारेक्टरको२०१७अगस्तको मैनामा बसेको बैठकले नेपाल लाई अनुदान भनेर लगभग५०अर्बको सहयोग गर्ने प्रस्ताब स्विकृत गरेको थियो।यसको अनुसार एमसिसि र नेपालको सरकार बिचमा २०७४भाद्रको २९गते(मेलेनियम च्यालैञ्ज कम्पयाक्ट)सम्झौता सम्पन्न भैसकेको थियो।उक्त सम्झौतामा तत्कालिन अर्थमन्त्रि ज्ञानिन्द्र बहादुर कार्की र अमेरिकी एम सिसि कार्याक्रमका कार्याबाहक प्रमुख कार्याकारी अधिकृत जोनाथन नाशले हश्तक्षेर गरेका थिए।यो एउटा सरकारको लागि समस्या बनेर आएकैहो जस्लाई पारित गर्न लागेकै बेला ओलिका पार्टी भित्रपनि बिरोध भयको थियो।जस्ले गर्दा ओलि लाई संकट परेन भन्न सकिदैन।तर देशमा लागु गर्ने तमाम मुद्धा मामिलामा ब्यापक छल फल गरेरमात्रै लागु गर्नु पर्दछ।ओलि आफैले त्यो हिम्मत राख्नु पर्ने हुन्छ तर उनि बिदेशि सम्झौता गर्न धेरै आतुर हुँने गर्दछन।
देशमा गणतन्त्र सँगै संघियता आएपछि त्यसले देशलाई त सात टुक्रामा बिभाजन गरेकैछ आर्को तर्फ गणतन्त्र नै धरापमा पारेकोछ।अहिले धर्मनिरपक्षियता माथि प्राहार गर्ने शक्तिले यसैको सहारा लिएकाछन।वास्तबमा अखण्ड नेपालको बहानामा धर्म निरपक्षितामाथी प्रहार गरेर देशमा हिन्दु धर्म लाध्ने प्रयात्न हुँदै आएकोछ।यसको लागि छिमेकीको र विस्व हिन्दुपरिषद समेतको खुल्लम खुल्ला समर्थन र सहयोगछ।जस्को फाईदा प्रतिगामि शक्तिलाई हुँनेछ।
ओलिको सरकारलाई घेरेका छन कि छैनन?बरु ओलिको काँधमा बन्दुक राखेर देशको छातिमा बाहिरिय शक्तिले प्रहार गर्दैछ भन्ने कुरा प्रष्टैछ।
देशभित्र चोर ढोका बाट संघियता त्यतिकै छिराएका होईनन भन्नेकुरा पनि अहिले दिनको घाम जस्तै प्रष्टैछ। अहिले हाम्रो देश ईतिहाशको त्यो मोडमा छ साहेद आज भन्दा पहिले कहिलेई थिएन होला।हिँजो पनि देशका पद लोलुपता र क्यारिरिष्ट प्रबृतिका नेताहरु बाट देशलाई खतरा थियो आजपनि उनै नव लैण्डुबेहरुकै सहयोग बाट देशलाई दुश्मनले घेराबन्दिमा पारेकोछ।

चर्चामा

सम्बन्धित समाचार