शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा मार्तडी कोल्टी सडकखण्डमा ६ घर उच्च जोखमि, प्रशासनमा बुझाए ध्यानाकर्षण पत्र

बाजुरा मार्तडी कोल्टी सडकखण्डमा ६ घर उच्च जोखमि, प्रशासनमा बुझाए ध्यानाकर्षण पत्र

  • सोमवार, पुस २७, २०७७
बाजुरा मार्तडी कोल्टी सडकखण्डमा ६ घर उच्च जोखमि, प्रशासनमा बुझाए ध्यानाकर्षण पत्र

बाजुरा — बाजुरा जिल्लाको मार्तडी कोल्टी सडक खण्ड अन्तरगत बडिमालिका नगरपालिका वडा न ७ रजातोलीका ६ ओटा घर उच्च जोखीममा रहेका छन । घरहरु उच्च जोखीममा रहेको र यसको समाधान तत्काल गरिदिन प्रशासनमा ध्यानकर्षण समेत गरेका छन । सो सडक हाल कालोपत्रका लागि खनीरहेको र बर्षाको समयमा घर नै जोखीममा हुने भएकोले यसको सबै भन्दा पहिला समाधान गरिदिन जिल्ला प्रशासनमा जानकारी गराएको पिडीत रत्नपती पाध्यायले बताएका छन ।
स्थानीयले जिल्ला प्रशासन कार्यालय बाजुरा बडिमालिका नगरपालिका र यातायात ब्यबासायी सघंलाइ जानकारी गराएका छन रत्नपती पाध्यायले भने ।
यसरी तत्काल सो सडकमा रहेको कामलाई अगाडी नबढाए मार्तडी कोल्टी सडकमा चल्ने यातायात सेवालाई बन्द गर्ने जानकारी प्रशासनमा गराई सकेको बताएका छन ।

No description available.

चर्चामा

सम्बन्धित समाचार