आइतवार, बैशाख २६, २०७८
  • होमपेज
  • कला /साहित्य
  • “एकताको प्रतीक” (पृथ्वीनारायण शाह)

“एकताको प्रतीक” (पृथ्वीनारायण शाह)

  • आइतवार, पुस २६, २०७७
“एकताको प्रतीक” (पृथ्वीनारायण शाह)

स्वाभिमान बोकेर
बाधा पन्छ्याउदै
यो देश बनाउने
बहादुर अपराधी मै हुँ
माटोलाई निपाल नाम
नाम राखी एकताको
माला उनेर भूमिको
रक्षा गर्ने,दृढ़ संकल्प
अदम्य साहस बोक्ने
बहादुर अपराधी पनि मै हुँ
पवित्र भूमिमा गिद्धे नजर
लगाउनेहरुको गला समाइ
गर्दन रेटेर तिनीहरुको
तरवार पखाल्ने पनि मै हुँ
हो,युद्धमा हार जीत हुन्छ
बैरी सङ नझुक्नु पो जीत
बलिदान माटोको लागि
सदैव तयार रहने
त्यो अपराधी पनि मै हुँ
चार जात छत्तीस वर्ण
को साझा फूलबारीमा
माटो उर्वर बनाउदै
चन्द्र सूर्य साक्षी राखी
देशको झन्डा फहराउने
त्यो अपराधी मै हुँ
आज तिम्रो धमिनीमा
हरदम बहने माटोको माया
चेतनाको ज्वाला मै हुँ
धाँजा भै फाटेको
टुक्राटुक्राहरु जोडेर
सिङ्गो देश बनाउने
अपराधी पनि मै हुँ
हो,युद्धमा अशान्ति हुन्छ
तिम्रो शान्तिको लागि
म बुद्ध बन्न सकिन
तिम्रो रक्षार्थ अहोरात्र
शान्तिको बिगुल फुक्ने
घोर अपराधी मै हुँ
त्यसैले आऊ छाती खोलेर
पल्टाइ देऊ मेरा शालिकहरु
मेटिदेऊ वीर गाथा
च्यातिदेऊ साक्षात इतिहास
आउ,म एक्लो छु
मलाई चिथोर,टाउको फुटाऊ
पारेर मलाइ नाङ्गेझार
सडकमा लछारपछार गर
म कहिले आहत हुन्न
यो माटो हामी सबैको हो
यो कहिल्यै पराइलाई दिन्न
एकताको माला छिन्न दिन्न
बग्छ भने बगोस् रक्त बनेर
तिस्टा र महाकाली
म देशको माटो गल्न दिन्न
धरहराको स्वाभिभान ढल्न दिन्न
धोकाले कसैलाई छल्न दिन्न
म देशको माटो गल्न दिन्न
म देशको माटो गल्न दिन्न।

बालकुमार क्षेत्री ” साइनो”
पैँयू गाउँ पालिका ४, पर्वत
हाल- बगदाद, इराक

चर्चामा

सम्बन्धित समाचार