बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • धार्मिक
  • पशुपतिनाथको मन्दिर आज दिनभर बन्द रहने

पशुपतिनाथको मन्दिर आज दिनभर बन्द रहने

  • आइतवार, पुस २६, २०७७
पशुपतिनाथको मन्दिर आज दिनभर बन्द रहने

पशुपतिनाथको मन्दिर आज (आइतबार) दिनभर बन्द हुने भएको छ । शनिबार धनुर्मास पर्व परेको र रातभर पूजा आराधना गरिएकाले आइतबार दिनभर मन्दिर बन्द हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाकाअनुसार अब सोमबार बिहान ६ बजेमात्रै मन्दिर खुल्नेछ । पशुपतिनाथ मन्दिर दर्शनार्थीको लागि हरेक दिन बिहान साढे ५ बजेदेखि दिउँसो १ बजेसम्म खुला गर्ने गरिएको छ ।

धनुर्मास पर्वमा रातभरि पूजा गरेपछि भोलिपल्ट मन्दिर बन्द गर्नुपर्ने नियम रहेको खतिवडाले बताए । कोरोना महामारीका कारण झण्डै ९ महिना बन्द भएको मन्दिर गएको पुस १ गतेदेखि खुलेको थियो । पशुपतिनाथलाई चिसोबाट जोगाउन भन्दै मूल मन्दिरमा हिजो धनुर्मास पूजा गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार