शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • पूर्व पत्रकार उपाध्यायको निधन

पूर्व पत्रकार उपाध्यायको निधन

  • आइतवार, पुस २६, २०७७
पूर्व पत्रकार उपाध्यायको निधन

कैलालीको धनगढीका पूर्व पत्रकार अम्बिकाप्रसाद उपाध्यायको निधन भएको छ। धनगढी उपमहानगरपालिका ८ क्याम्पस चौक निवासी करिब ७३ वर्षीय उपाध्यायको आइतबार निधन भएको हो।

२०३८ देखि २०४८ को अवधीमा धनगढीबाट प्रकाशित हुने मातृ सन्देश साप्ताहिक पत्रिकाका सम्पादक रहेका उपाध्यायमा अक्सिजन तथा स्वासप्रस्वास सम्बन्धी समस्या रहेको बताइएको छ।

पञ्चायतकालमा मजदुर आन्दोलनको नेतृत्व गरेका उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध थिए। पछिल्लो समय उनी कैलाली बहुमुखी क्याम्पस धनगढीको क्याम्पस व्यवस्थापन समितिको कोषाध्यक्ष पदमा कार्यरत रहेको धनगढीका अग्रज पत्रकार घनबहादुर शाह बताउँछन्।

चर्चामा

सम्बन्धित समाचार