शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • युवा संघ बाजुराको एकता भेला तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

युवा संघ बाजुराको एकता भेला तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

  • शुक्रबार, पुस २४, २०७७
युवा संघ बाजुराको एकता भेला तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

बाजुरा —  राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्रचण्ड- माधव समुह बाजुराको प्रथम एकता भेला तथा शपथ ग्रहण कार्यक्रम सकिएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका विच राष्ट्रिय युवा संघ नेपाल प्रचण्ड- माधव समुह बाजुराले जिल्ला कमिटीका सदस्यहरुको प्रथम एकता भेला तथा शपथ ग्रहण कार्यक्रम सकेको हो ।

युवा संघमा आवद्ध जिल्ला कमिटीका सदस्यहरुलाई युवा संघ नेपालका केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज कविजंग शाही र नेकपा बाजुराका कार्यालय सदस्य गगन रावलले शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण गर्दै युवा संघका सदस्यहरुले पार्टीका विभिन्न गतिविधिहरुमा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय युवा संघ नेपाल बाजुराका सह-इन्चार्ज दिलिप रोकायाले संचालन गरेको उक्त कार्यक्रम युवा संघका बाजुरा संयोजक सन्तोष विकको अध्यक्षतामा संचालन भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेकपा बाजुराका कार्यालय सदस्य गगन रावल रहेका थिए ।

कार्यक्रममा नेकपा बाजुराका कार्यालय सदस्य पुरबहादुर रावत, हसं बहादुर सिहं मानबहादुर विक, जिल्ला कमिटी सदस्य किट्टो लुहार, शुरेश विक, कार्यालय सचिव गोरख सार्की, युवा संघका केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज कविजंग शाही, सह-इन्चार्ज शंकर मल्ल, अनेरास्ववियु बाजुराका कार्यालय सदस्य खेम साउँद लगायत युवाहरुको सहभागिता रहेको थियो ।

No description available.

। कार्यक्रममा जिल्लाकाे नृतित्वदायी भुमिका निर्बाह गर्न युवाहरूले जागरूक हुनका साथै युवाहरूले नहडबडाउन बाेल्ने बक्ताकाे रूपमा रहेका नेकपा जिल्ला कमिट सदस्य हसं बहादुर सिह , पुर बहादुर रावत प्रमुख अतिथी समेत रहेका नेकपा सचिवालय सदस्य गगन रावलले बताएका छन ।

बाजुरा ९ वटै पालिकामा राष्ट्रिय युवा सघका इन्चार्ज तोकिए

यसै विच राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराले जिल्लाका ९ वटै पालिकामा एक एक जना ईन्चार्ज रहने गरी जिम्मेवारी दिएको छ । जसमा बडीमालिकामा आशिस विक, बुढीनन्दामा दावा गुरुङ्ग, बुढीगंगामा मार्टिन शाह, त्रिवेणीमा पुरन साउंदलाई ईन्चार्जको जिम्मेवारी दिईएको छ भने गाउँपालिका तर्फ गौमुलमा शिवलाल रोकाया, छेडेदहमा विमल रावत, स्वामिकार्तिकमा रोशन शाही, जगन्नाथमा उत्तम शाही र हिमालीमा रणबहादुर बढालाई इन्चार्जको जिम्मेवारी दिईएको युवा संघ बाजुराले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार